ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल बारको निर्वाचन कार्यतालिका सार्वजनिक


एबीसी न्यूज
१२ फाल्गुन २०८१, सोमबार   ७ : ३७   बजे

काठमाडौं १३ फागुन । कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वका लागि हुने निर्वाचनको तालिका सार्वजनिक भएको छ। आगामी चैत २३ गते शनिबार बारको २७औं केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन हुँदैछ।

नेपाल बारमा अध्यक्ष, उपाध्यक्ष आठ, महासचिव, कोषाध्यक्ष, १४ सदस्य पदमा निर्वाचन हुनेछ।

तालिकाअनुसार मतदाता नामावली फागुन १५ गते बिहीबार ११ बजे सार्वजनिक हुनेछ।

मतदाता नामावलीमा दाबी विरोध फागुन १८ गते आइतबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मका लागि गर्न पाइनेछ।

दाबी विरोधमाथि जाँबुझ गर्न फागुन २० गते मंगलबार ११ बजेको समय तोकिएको छ।

मतदाताको अन्तिम नामावली फागुन २० गते मंगलबार नै अपराह्न ४ बजे प्रकाशित हुनेछ।

उम्मेदवारीको दरखास्तका लागि फागुन २२ गते बिहीबार बिहान ११ बजेदेखि साँझ ३ बजेसम्मको समय तोकिएको छ।

उम्मेदवार शुल्क

नेपाल बारको अध्यक्ष पदमा उम्मेदवारी दिने व्यक्तिले ६० हजार रुपैयाँ बुझाउनु पर्नेछ। त्यस्तै उपाध्यक्ष पदका उम्मेदवारले ४० हजार, कोषाध्यक्षले ४० हजार, सदस्यहरूले ३० हजार रुपैयाँ उम्मेदवारी शुल्क बुझाउनुपर्नेछ।

निर्वाचन समितिका अनुसार उम्मेदवारले आफ्नो मनोनयन पत्रका साथ नेपाल कानुन व्यवसायी परिषद् र सम्बन्धित बार एकाइको परिचयपत्रको प्रमाणपत्रको प्रतिलिपि अनिवार्य पेस गर्नुपर्नेछ।

दलित, मधेशी, मुस्लिम, आदीवासीरजनजाती उम्मेदवारले दरखास्त दाखिला गर्दा उक्त क्षेत्रलाई एकिन गर्ने प्रमाण पेस गर्न आग्रह गरिएको छ।

निर्वाचन समितिका अनुसार उम्मेदवारको पहिलो नामावली फागुन २२ गते बिहीबार प्रकाशित हुनेछ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सडक निर्माणमा जग्गाधनीलाई मुआब्जा अनिवार्य: सर्वोच्च अदालतको फैसला

कोसी सरकारबाट कांग्रेस बाहिरियो, एमाले–नेकपाबीच नयाँ सत्ता समीकरणको तयारी

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu