ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जागरण सभामा रिसाए नारायणकाजी, सञ्चालकलाई थर्काएर बाहिरिए


एबीसी न्यूज
१३ फाल्गुन २०८१, मंगलबार   ७ : २६   बजे

काठमाडौं १३ फागुन । नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’को उद्घाटन सभामा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ रिसाएका छन्।

श्रेष्ठले मञ्चमा बोल्नेक्रममा सञ्चालक नजिकै उभिएपछि उनी झोक्किएर बोल्दै नबोली बाहिरिएका हुन्। नजिकै उभिएका सञ्चालकतर्फ हेर्दै श्रेष्ठले भने, ‘सक्नुस् भन्न आउनुभा होरु होरु हो भने जान्छु।’ सञ्चालकले ‘होइन’ भने।

तर, श्रेष्ठले थपे, ‘अनि के त यहाँ टुक्क आएर बसेकोरु’ उनी यति भनेपछि सञ्चालक अलि पर जान्छन्।

फेरि श्रेष्ठ पछाडि फर्केर सोध्छन्, ‘म बिदा हुँरु’ कोही व्यक्ति हाँसेको सुनिन्छ। उनी बोल्न थाल्छन्, ‘चाप।।समयको चाप एकदम धेरै छ। म थोरै कुरा भन्न चाहन्थेँ शायद। सञ्चालक। कार्यक्रमलाई धेरै चाप भयो होला म बिदा हुन्छु। लालसलाम।’

यति भन्दै श्रेष्ठ बाहिरिन्छन्। बोल्ने पालो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आउँछ। प्रचण्ड भन्छन्, ‘वरिष्ठ उपाध्यक्ष कमरेडले बोल्दै गर्दा यहाँ अलिकति असहज जस्तो हुन गयो। उद्घोषक कमरेड।।।। मेरो त ध्यान जनतातिर थियो। म तपाइँहरूतिर हेरिराखेको थिएँ। वरिष्ठ उपाध्यक्ष कमरेडले बोल्दै गर्दा तपाइँहरूले बडो ध्यान दिएको मैले महसुस गरेको थिएँ। अग्निजी ९माओवादी केन्द्रका झापा जिल्ला अध्यक्ष राज आचार्य अग्निरसञ्चालक यहाँ आउनुभएछ । त्यसले उहाँलाई अलिकति के हो भन्ने पर्न गयो। यसमा अलिकति आत्मसमीक्षा गरेर मेरो गल्ती भए म क्षमा चाहन्छु भनिसकेको हुनाले यसको हामी मूल्यांकन, समीक्षा त गरौँला। तर, फेरि यो ठूलो कुरा होइन। हामी समीक्षा गर्छौं र कहिँ त्रुटी रहेछ भने रियलाइज चाहिँ गर्छौं।’

माओवादी केन्द्रले सोमबारदेखि झापाको कचनकवल गाउँपालिकास्थित बनियानीबाट सुरु गरेको ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’ सुरु गरेको हो। यो अभियान पश्चिम कञ्चनपुर पुगेर समापन गर्ने माओवादीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu