ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी केन्द्रको जागरण अभियान- आज मोरङमा कार्यक्रम


एबीसी न्यूज
१३ फाल्गुन २०८१, मंगलबार   ७ : ४४   बजे

काठमाडौं १३ फागुन । झापाको केचनकवलबाट सुरु नेकपा ९माओवादी केन्द्र०को हुलाकी राजमार्ग केन्द्रित तराई(मधेश जागरण अभियान मोरङ आइपुगेको छ । आज र भोलि मोरङमा कार्यक्रम हुनेछ ।

आज बिहान पथरी बजार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेताको स्वागत गर्ने कार्यक्रम छ । त्यसपछि कानेपोखरी बजारमा खाजा खाने कार्यक्रम छ, त्यहाँ भेटघाट पनि हुनेछ । बिहान ९ बजेदेखि ११ बजेसम्म कानेपोखरी – ६ को रमाइलो बजारमा जनसभा हुनेछ ।

रमाइलोको सभापछि दिउँसो १२ बजे सुनवर्सी नगरपालिका (९ कदमगाछीमा प्रचण्डसहित नेताले कार्यकर्ताको घरमा खाना खानेछन् । त्यसक्रममा पनि भेटघाट हुनेछ । मंगलबार दिउँसो १ बजेदेखि ३ बजेसम्म हुलाकी मार्गको आमबाडीमा सभा हुनेछ । दिउँसो साढे ३ बजेदेखि हुलाकी मार्गकै कर्सीया बजारमा जनसभा हुनेछ । कर्सीयाको कार्यक्रमपछि दादरबेरीयामा प्रचण्डसहितका नेताहरु बास बस्नेछन् । बुधबरा विराटनगर केन्द्रित भेटघाट कार्यक्रम छन् ।

रमाइलोको जनसभाका लागि माओवादी केन्द्रले ४ वटा विद्यालय बन्द गर्न आग्रह गर्दै पत्र पठाएको छ । माओवादीले बालजगत इङ्लिस बोर्डिङ स्कुल, पल एकेडेमी, माउण्ट हर्मोन एकेडेमी र जेनिथ इङ्लिस बोर्डिङ स्कुललाई पत्र पठाएर कार्यक्रम गर्दा निस्कने ध्वनीले गर्दा पठनपाठनमा समस्या हुने भएकाले मंगलबार १ दिन बिदा गर्न आग्रह गरेको हो ।

पार्टीको गाउँ कमिटीका अध्यक्ष दुर्गाबहादुर कार्कीले पठाएको पत्रमा भनिएको छ, ‘कानेपोखरी–६ रमाइलोमा बृहत जनसभा ९ देखि १ बजेसम्म हुने भएकाले सवारीसाधनको चाप अत्यधिक हुने र उच्च ध्वनि भएका उपकरणहरुको प्रयोगका कारण विद्यार्थीमा ध्वनि प्रदूषण हुने भएकाले विद्यालय बिदा गरी कार्यक्रममा आवश्यक सहयोग गरिदिनु हुन हार्दिक अनुरोध छ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जेनजी विद्रोहपछि पनि युवाका समस्या समाधान भएनन् : आङ्देम्बे

एमाले पुनर्जागरण अभियानद्वारा ओलीलाई आठबुँदे माग

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu