ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्वप्रधानन्यायाधीश पराजुलीविरूद्ध प्रहरीमा उजुरी


admin
५ चैत्र २०७४, सोमबार   ५ : ११   बजे

काठमाडौं, ५ चैत ।  नागरिकता तथा शैक्षिक प्रमाणपत्रसम्बन्धी अपराधमा पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध प्रहरीमा उजुरी परेको छ ।

गुल्मीका मदन भण्डारीले सोमबार महानगरीय प्रहरी परिसर टेकुमा उक्त जाहेरी दिएका हुन्।

भण्डारीले पूर्वप्रधानन्यायाधीशले नागरिकताको प्रतिलिपि बनाउँदा उमेर सच्याएको, शैक्षिक योग्यताका प्रमाणपत्रमै फरक उमेर भेटिएको र शैक्षिक योग्यताको प्रमाणपत्र बुझाउनु पर्ने ठाउँमा नबुझाएको भन्दै सत्यतथ्य खोजी गरी आवश्यक कारवाही गर्न जाहेरीमा उल्लेख गरेका छन् ।

‘नागरिकता मा एउटा मिति, सेवा प्रवेश गर्दा अर्को मिति , शैक्षिक प्रमाणपत्रहरूमा अलगअलग मिति भएका पराजुलीले प्रधानन्यायाधीशको पद लम्ब्याउनको लागि शैक्षिक प्रमाणपत्रका कागजात न्यायपरिषद् सचिवालयमा समेत पेश गरेनन्। यस्तो अपराधिक मानसिकता भएका व्यक्तिका शैक्षिक प्रमाण र नागरिकताको बारेमा सत्यतथ्य छानविन गरी निजलाई हदैसम्मको कारबाही गरी पाऊँ,’ जाहेरिमा भनिएको छ, ‘निज गोपाल पराजुलीको कार्य नागरिकता ऐन, २०६३ को कानूनी व्यवस्थाविपरित भएकाले अनुसन्धान गरी निजलाई हदैसम्मको कारबाही गरि पाऊँ।‘

नेपाल ल क्याम्पस, परिक्षा नियन्त्रण कार्यालय, जिल्ला प्रशासन कार्यालय जस्ता निकायबाट उनका नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्रबारे सोधपुछ गरी आवश्यक कारवाही गर्न पनि जाहेरीमा माग गरिएको छ।

‘नेपाल ल क्याम्पस,नेपाल कानून व्यवसायी परिषद्, परिक्षा नियन्त्रण कार्यालय सानो ठिमी भक्तपुर, जिल्ला प्रशासन कार्यालय तनहुँ, जिल्ला प्रशासन कार्यालय काठमाडौं,न्यायपरिषद्,कर्मचारी कल्याण कोषलगायत निजको शैक्षिक प्रमाणपत्र र नागरिकता प्रतिलिपी रहने निकायसँग सोधपुछ गरी आवश्यक प्रकृया अगाडि बढाइ पाऊँ,’ जाहेरीमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपा महाधिवेशन : कोशी र गण्डकी भूगोलमा नयाँ नेतृत्व चयन, चर्चित नेताहरू पराजित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group