ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गोकर्णेश्वरमा चेस प्रतियोगिता जारी, प्रतियोगिहरु बिच कडा प्रतिस्पर्धा


एबीसी न्यूज
१६ फाल्गुन २०८१, शुक्रबार   ६ : ०७   बजे

काठमाडौं । माउण्ट एभरेष्ट चेस एण्ड सोसियल क्लवकको आयोजनामा गोकर्णेश्वर स्थित बौद्ध अन्तर्राष्ट्रिय विद्यालयमा भएको चेस प्रतियोगिता जारी छ ।
गोकर्णेश्वर नगरपालिकाको मुख्य प्रायोजनमा फागुन १४ गते सुरु भएको प्रतियोगिता फागुन १८ गतेसम्म चल्नेछ । प्रतियोगितामा ७ जना भारतीय खेलाडी सहित कुल ९४ जना खेलाडीहरू सहभागी छन भने सो प्रतियोगिता स्विज लिग अन्तर्गत ९ राउण्ड सम्म चल्ने प्रतियोगिताका प्रमुख निर्णायक ज्ञानेन्द्र खाईजुले जानकारी दिए ।
शुक्रबार भएको छैठौं राउण्डको खेलमा ४.५–४.५ अंकका राजिव कार्की(दोलखा) र कृष्ण थापा (गोकर्णेश्वर न.पा.), त्यसैगरी पुरुषोत्तम सिल्वाल(साउथ वेष्टर्न कलेज) र फिडे मास्टर क्षितिज भण्डारी ( मकवानपुर) बराबरी खेली ०.५–०.५ अंक बाड्न सफल भएका छन् । ललितपुरका क्याण्डिडेट मास्टर सजिन महर्जनले भारतका १८५२ रेटिङ्गका खेलाडि प्रखर त्रिपाठीलाई हराई महत्वपूर्ण १ अंक जोड्न सफल भएका छन् । आयोजक माउण्ट एभरेष्ट चेस एण्ड सोसियल क्लवका खेलाडी क्याण्डिडेट मास्टर पुरुषोतम चौलागाईले १८३७ रेटिङ्गका खेलाडि मार्सल एच.सि. सँग बराबर खेली अंक बाडे भने अन्य भारतीय खेलाडीहरुले मिश्रित नतिजा ल्याउन सफल भए ।
छैठौँ राउण्डको समाप्ति सँगै ५ अंक र बुकोजको आधारमा साउथ वेस्टन कलेजका पुरुषोत्तम सिलवाल प्रतियोगिताको पहिलो स्थान ओगटेका छन् भने सोही अंक सहित गोकर्णेश्वर नगरपालिकाका कृष्ण थापा, दोलखाका राजिव कार्की, ललितपुरका क्याण्डिडेट मास्टर सजिन महर्जन, भारतका आशुतोष कुमार, भारतका माज ईकुवाल, भारतकै अरमान सिद्धिकी प्रतियोगिताको पहिलो हुने दौडमा छन् । त्यस्तै, समान ४.५ अंकसहित मकवानपुरका फिडे मास्टर क्षितिज भण्डारी, आयोजकका पुरुषोत्तम चौलागाई र काभ्रेका खेलाडि मार्सल एच.सि. ले पछ्याई रहेका छन् ।

५१ हजार रुपैयाँको प्रथम पुरस्कारसहित कुल दुई लाख रुपैयाँको पुरस्कार राशी भएको सो प्रतियोगितामा ३१ खेलाडीहरुलाई पुरस्कृत गरिने आयोजक माउण्ट एभरेष्ट चेस एण्ड सोसियल क्लवका अध्यक्ष मोहन कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अल्ट्राभायोलेटको एक्स ४७ नेपालमा सार्वजनिक, मूल्य ६ लाख ८४ हजार ९००

कांग्रेस असन्तुष्ट पक्षको भेलामा सहभागी हुन पूर्णबहादुर खड्कालाई शशांकको निम्तो

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu