ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सबै नागरिकलाई साक्षर बनाउनेतिर ध्यान दिन स्थानीय तहहरुलाई अध्यक्ष प्रचण्डको आह्वान


एबीसी न्यूज
१६ फाल्गुन २०८१, शुक्रबार   ८ : ०९   बजे

काठमाडौं १६ फागुन । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी २०८५ सम्म सबै नागरिकलाई साक्षर बनाइसक्ने कानुनी प्राबधान सम्झाउँदै साक्षर हुन बाँकी नागरिक रहेका स्थानीय तहलाई साक्षर अभियान सञ्चालन गर्न आह्वान गर्नुभएको छ।
सप्तरीको खडक नगरपालिकाले आजदेखिअ सुरु गरेको साक्षर नगरपालिका निर्माण अभियान सुरु गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो।

संविधानले आधारभूत शिक्षालाई अनिवार्य र निशुल्क गरेको तथ शिक्षालाई नागरिकको मौलिक हकको रुपमा स्थापित गरेको स्मरण गराउदै अध्यक्ष प्रचण्डले अनिवार्य शिक्षासम्बन्धी ऐनले विसं २०८५ सम्म सबै नागरिकलाई साक्षर बनाइसक्ने र साक्षर बन्न नसके सरकारी सुविधा समेत प्राप्त गर्न नसक्ने व्यवस्था गरेकाले यसमा सबै स्थानीय तहको बेलैमा ध्यान जानुपर्ने बताउनुभयो। खडक नगरपालिकाले आफ्ना नागरिकलाई साक्षर बनाउने अभियान थालेर महत्त्वपूर्ण सुरुवात गरेको उल्लेख गर्दै उहाँले यस्तो अभियान सबै पालिकाले चलाउनुपर्ने बताउनुभयो।

जनताको ठूलो बलिदानपछि प्राप्त भएको संविधानले शिक्षा, स्वास्थ्य र रोजगारीलाई मौलिक हकको रुपमा स्थापित गर्नु ठूलो सफलता भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले संविधानअनुसार कानुन बनाउने र कानुन कार्यान्वयन गरेर जनताको जीवन बदल्ने अभियानलाई तीब्र बनाउनुपर्ने बताउनुभयो। संविधानको मूल मर्म समाजवादउन्मुख अर्थ सामाजिक व्यवस्था भएको र यसका लागि निशुल्क तथा अनिवार्य शिक्षा, निशुल्क स्वास्थ्य आदि कामलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने र त्यसमा स्थानीय तहले अगुवाई गर्नुपर्ने उहाँले स्पष्ट गर्नुभयो । उहाँले आफ्नो पार्टीले स्थानीय तहबाट समाजवादको अभ्यास गर्ने नीति अघि सारेको जानकारी पनि दिनुभयो।

कार्यक्रममा पूर्वउप्रधानमन्त्री एवं माओवादी केन्द्रका वरिष्ठत उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संघीयताको अभ्यासपछि प्रदेश र स्थानीय तहको काँधमा महत्त्वपूर्ण दायित्व आएको उल्लेख गर्दै शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारमा पूर्ण ध्यान लगाउनुपर्ने बताउनुभयो । माओवादी केन्द्र नेतृत्वको सरकारले शिक्षा क्षेत्रको सुधारका लागि महत्त्वपूर्ण पाइला चाल्न सुरु गरेको बेला सरकार परिवर्तन गरिएको उल्लेख गर्दै उहाँले यसलाई पार्टीले प्राथमिकताका साथ अघि बढाउने बताउनुभयो।
खडक नगरपालिकाको अभियान, समाजवादउन्मुख आधार निर्माण अभियान भन्ने नाराका साथ थालिएको अभियान युवा स्वयंसेवक परिचालन गरेर केही महिनाभित्र अभियान सम्पन्न गर्ने लक्ष्य राखिएको नगर प्रमुख जयप्रकाश चौधरीले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

सम्बन्धित

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

विश्वकप फुटबलमा भोलि बिहान समूह चरणका अन्तिम खेल हुँदै

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

अरनिको राजमार्ग राति बन्द गरिने

के हामीले ब्रम्हकमल भनेको फूल साँच्चिकै ब्रम्हकमल हो त ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu