ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाजामा भएको युद्धविरामको पहिलो चरण सकियो : दोस्रो चरणको वार्ताको तयारी तर अझै अनिश्चित


एबीसी न्यूज
१८ फाल्गुन २०८१, आइतबार   ८ : ००   बजे

काठमाडौं १८ फागुन । इजरायल र हमास लडाकू समूहबीच युद्धविरामको पहिलो चरण सकिएको छ। तर युद्धविराम सुरक्षित गर्ने अर्को चरणको वार्ता अझै अनिश्चित छ ।

सन् २०२३ को अक्टोबर ७ तारिखमा हमासले इजरायलमाथि गरेको आक्रमणपछि शुरू भएको १५ महिनाभन्दा लामो युद्धपछि गएको जनवरी १९ तारिखमा युद्धविराम लागू भएको थियो ।

शुरूको ६ हप्ताको अवधिमा हमासले इजरायली जेलमा रहेका सयौँ प्यालेस्टिनी कैदीहरूको बदलामा २५ जना जीवित बन्धकलाई मुक्त गर्दा अन्य आठ जनाको शव इजरायललाई फिर्ता गर्‍यो। बदलामा इजरायली सुरक्षा निकायले आफ्नो नियन्त्रणमा रहेका झण्डै एक हजार नौ सय जना कैदीबन्दीको रिहाइ गरेको छ ।

दोस्रो चरणको वार्तापछि थप बन्धकको रिहाइसहित युद्धको स्थायी अन्त्यका लागि अपेक्षा गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पहिलो चरणमा हमास लडाकू समूहको नियन्त्रणमा रहेका ठानिएका नेपालका विपिन जोशीको अवस्थासमेत थाहा हुन सकेन । हमासले कब्जामा लिएका दुई सय ५१ बन्धकमध्ये अझै ५८ जना बाँकी रहेका प्रारम्भिक जानकारी छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले कायरोमा एक प्रतिनिधिमण्डल पठाउनुभएको छ । मध्यस्थकर्ता इजिप्टले इजरायलका साथै सहयोगी कतार र अमेरिकाको प्रतिनिधिमण्डलको उपस्थितिमा दोस्रो चरणको वार्ता शुरू गर्ने बताएको छ ।

हमासले इजरायलले दोस्रो चरणको वार्ताका लागि ढिलाइ गरेको आरोप लगाएको एएफपीले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group