ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धादिङ, काठमाण्डौ र झापामा भएका साहित्य महोत्सव सकियो : पोखराको महोत्सव आजसम्म


एबीसी न्यूज
१८ फाल्गुन २०८१, आइतबार   १ : ४७   बजे

काठमाडौं १८ फागुन । धादिङको सदरमुकाम धादिङबेसीमा भएको दुई दिने बागमती साहित्य महोत्सव सकिएको छ । अस्ति र हिजो भएको महोत्सवमा कला र साहित्यका विभिन्न विषयमा सर्जकसँग भलाकुसारी भएको थियो ।

महोत्सवले बागमती प्रदेशका कला, साहित्य, संस्कृति तथा सभ्यताको प्रवर्द्धनमा महत्त्वपूर्ण टेवा पुर्‍याएको आयोजकले जनाएको छ ।

यसैगरी पहिलो संस्करणको ‘काठमाण्डौ उत्सव’ पनि सम्पन्न भएको छ । हिजो र अस्ति नेपाल पर्यटन बोर्डको हलमा भएको उत्सवमा साहित्यसँगै काठमाण्डौ संस्कृति, सभ्यता, पर्यटन, रैथाने खाना र आममान्छेका जीवनका कथाहरू समेटिएका थिए ।

झापाको मेचीनगरमा बुधवारदेखि शुरू भएको ‘कला साहित्य उत्सव’ पनि हिजो सकिएको छ । यस वर्षको उत्सव ‘पर्यावरण विमर्श’विषयमा केन्द्रित थियो । रिडर्स झापाले देही आर्ट, परिवर्तन थिएटर र मेची चरा तथा वन्यजन्तु संरक्षण समाजको सहकार्यमा पूर्वकै ठूलो बौद्धिक तथा कलात्मक मेला आयोजना गरेको हो ।

विश्वको पाँचौँ अग्लो हिमाल मकालु आरोहणको ७०औँ वर्षगाँठको अवसरमा सङ्खुवासभाको मकालु गाउँपालिकामा दक्षिण एशियाली साहित्यिक–सांस्कृतिक महोत्सव पनि सकिएको छ ।

पोखरामा बिहीवारदेखि शुरू भएको १२ औं संस्करणको नेपाल लिटरेचर फेस्टिभल भने आजसम्म चल्नेछ । पोखराको बाराहीघाट, लेकसाइडमा भइरहेको फेस्टिभलमा देश–विदेशका साहित्यानुरागीको जमघट रहेको आयोजक बुकवर्म फाउन्डेसनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

फिफा विश्वकप २०२६ : अर्जेन्टिना अपराजित यात्रा कायम राख्ने लक्ष्यमा, पोर्चुगल–कोलम्बिया भिडन्तमा सबैको नजर

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

हर्मुजको जलडमरूमा फेरि तनाव: कार्गो जहाजमाथि हमलापछि अमेरिका र इरान आमनेसामने

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu