ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोशीमा ब्राउन सुगरको कारोबार बढ्दो, तीन वर्षमा बरामद परिमाण तीन गुणाभन्दा बढी


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   ९ : ४५   बजे

विराटनगर, साउन २७ गते । कोशी प्रदेशमा लागुऔषधको अवैध कारोबार तथा ओसारपसार बढ्दै गएको पाइएको छ। कोशी प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार पछिल्लो तीन वर्षमा खैरो हेरोइन (ब्राउन सुगर) को बरामद परिमाण तीन गुणाभन्दा बढीले बढेको छ।

प्रहरीका अनुसार तीन वर्षअघि ३ किलो ब्राउन सुगर बरामद भएकोमा आर्थिक वर्ष २०८१/८२ मा ५ किलो र गत आर्थिक वर्ष २०८२/८३ मा १० किलो बरामद भएको छ। बरामद परिमाण निरन्तर बढ्नुले ब्राउन सुगरको कारोबार तथा यसको सञ्जाल विस्तार हुँदै गएको प्रहरीको निष्कर्ष छ।

प्रयोगकर्ताको रोजाइमा परिवर्तन

प्रहरीको तथ्याङ्कले लागुऔषध प्रयोगकर्ताको रोजाइमा समेत परिवर्तन आएको देखाएको छ। विगतमा सुई तथा ट्याब्लेटजन्य लागुऔषधको प्रयोग बढी हुने गरेकामा पछिल्लो समय ब्राउन सुगरका प्रयोगकर्ता बढ्दै गएको प्रहरीको भनाइ छ।

तीन वर्षअघि १० हजारभन्दा बढी एम्पुल बरामद भएकोमा दुई वर्षअघि ५ हजार र गत वर्ष २ हजार ४९ एम्पुलमा सीमित भएको छ। ट्याब्लेटजन्य लागुऔषधको बरामद परिमाण पनि तीन वर्षअघि ८ लाख ४३ हजारबाट घटेर गत वर्ष ७ लाख ४४ हजारमा झरेको छ।

सञ्जाल ध्वस्त पार्ने प्रहरीको तयारी

कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक शेखर खनालले लागुऔषध नियन्त्रणलाई प्राथमिकतामा राखिएको बताउनुभएको छ। फुटकर प्रयोगकर्तालाई पक्राउ गर्नेभन्दा पनि यसको मुख्य आपूर्ति सञ्जाल नै ध्वस्त पार्ने गरी अभियान सञ्चालन भइरहेको उहाँको भनाइ छ।

झापा, मोरङ र सुनसरीमा लागुऔषधविरुद्ध विशेष अभियान सञ्चालन गरिएको तथा स्थानीय तहका वडास्तरसम्म समिति गठन गरी अभियानलाई प्रभावकारी बनाइने प्रहरीले जनाएको छ।

गत वर्ष प्रहरीले २७ हजार किलोभन्दा बढी गाँजा बरामद गरी नष्ट गरेको थियो। लागुऔषधसम्बन्धी मुद्दामा २ हजार ७ जना पक्राउ परेका थिए भने ६० जना अझै फरार रहेको प्रहरीको तथ्याङ्क छ।

खुला सीमा मुख्य चुनौती

भारतसँग जोडिएको ४२७.९ किलोमिटर खुला सीमा लागुऔषध ओसारपसार नियन्त्रणमा चुनौती बनेको डिआइजी खनालले बताउनुभएको छ। सीमा क्षेत्रबाट हुने तस्करी तथा अवैध ओसारपसार नियन्त्रणका लागि प्रविधिमैत्री निगरानी, सीसीटीभी तथा आधुनिक अनुसन्धान उपकरणको प्रयोग बढाइने प्रहरीले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोशीमा ब्राउन सुगरको कारोबार बढ्दो, तीन वर्षमा बरामद परिमाण तीन गुणाभन्दा बढी

वीर अस्पतालमा उपकरण सीमित, एमआरआईका लागि दुई महिनासम्म कुर्नुपर्ने बाध्यता

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Fragile States Seek New Path to Development After Aid Cuts

Nepali Lawmakers Demand Action on Healthcare Worker Safety, Cooking Gas Shortages

इरानतर्फ गइरहेको जहाजलाई अमेरिकाले रोकेको दाबी

चार जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह

रसुवामा भालुको खुट्टासहित दुई जना पक्राउ

सुर्खेतमा श्रीमतीमाथि पेट्रोल छर्केर आगो लगाएको आरोपमा पति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu