ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाण्डौ उपत्यकासहित देशभरको तापक्रम बढ्न थाल्यो, प्रदुषण घट्यो


एबीसी न्यूज
१९ फाल्गुन २०८१, सोमबार   ७ : ५३   बजे

काठमाडौं १९ पागुन । काठमाण्डौ उपत्यकालगायत देशका धेरै ठाउँमा तापक्रम बढ्न थालेको छ । हिउँदयाम सकिएसँगै तापक्रम बढ्न थालेको र धेरै ठाउँमा तातो महसूस हुन थालेको मौसमविद् रोजन लामिछानेले बताउनुभयो ।

उहाँका अनुसार हिजो काठमाण्डौ उपत्यकाको अधिकतम तापक्रम २३ दशमलव ६ डिग्री सेल्सियस रहेकामा आज बढेर २३ देखि २५ डिग्री सेल्सियस पुग्ने अनुमान रहेको छ ।

यस्तै सबैभन्दा धेरै विराटनगर, जनकपुर, नेपालगञ्ज, सिमरा लगायतका ठाउँमा ३० डिग्रीभन्दा धेरै तापक्रम रेकर्ड भएको छ ।

देशभर अधिकतम तापक्रम र न्यूनतम तापक्रम बढ्ने क्रममा रहेको मौसमविद् लामिछानेले बताउनुभयो ।

यसैबीच आज कोशी र गण्डकी प्रदेशका केही ठाउँको मौसम आंशिक बदलीको अवस्था छ । बाँकी पहाडी र तराई क्षेत्रका धेरै ठाउँको मौसम आज मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिममा भने राति हल्का हिमपातको सम्भावना रहेको छ । यसैबीच बिहीवारदेखि अस्ति शनिवारसम्म भएको वर्षाले काठमाण्डौ उपत्यकासहित देशभरको प्रदूषण घटाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोशीमा ब्राउन सुगरको कारोबार बढ्दो, तीन वर्षमा बरामद परिमाण तीन गुणाभन्दा बढी

वीर अस्पतालमा उपकरण सीमित, एमआरआईका लागि दुई महिनासम्म कुर्नुपर्ने बाध्यता

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu