ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपराष्ट्रपति पुनबाट पदभार ग्रहण


admin
५ चैत्र २०७४, सोमबार   ७ : ३४   बजे

काठमाडौँ, ५ चैत। उपराष्ट्रपति नन्दबहादुर पुनले उपराष्ट्रपति कार्यालय बहादुर भवन पुगेर आज पदभार ग्रहण गर्नुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ ग्रहणपछि उहाँले पदभार ग्रहण गर्नुभएको हो । उपराष्ट्रपतिको कार्यालयमा उहाँलाई सचिव लालशंकर घिमिरेलेलगायतले स्वागत गर्नुभएको थियो ।

पदभार ग्रहणपछि उपराष्ट्रपति पुनले सात दशक लामो राजनीतिक संघर्षले निष्कर्ष हासिल गरेको उल्लेख गर्दै आगामी दशक आर्थिक समृद्धिको दशक हुने भएकाले यसका लागि सबैले हातेमालो गर्नुपर्ने बताउनुभयो ।

“सात दशक लामो नेपाली जनताको राजनीतिक संघर्षले निष्कर्ष हासिल गरेको छ, राजनीतिक स्थायित्व शुरु भएको छ, अब समृद्धिको बाटो हो”–उहाँले भन्नुभयो, “देशको विकास र आर्थिक समृद्धिका लागि सबै राजनीतिक दल, संघ संस्था एकताबद्ध हुनुपर्छ, आर्थिक समृद्धिका लागि योगदान दिनु सबै नेपालीको जिम्मेवारी हो ।”

उपराष्ट्रपति पुनले आफू निर्विरोध निर्वाचित भएकोमा खुशी व्यक्त गर्दै राजनीतिक पार्टी र सबै तहका सांसदलाई धन्यवाद दिनुभयो ।

“विगत कार्यकालको मूल्याङ्कनसहित मलाई उपराष्ट्रपतिमा निर्विरोध निर्वाचित गर्नुभएकोमा राजनीतिक पार्टी, सांसदलाई हृदयदेखि धन्यवाद दिन चाहान्छु”, उहाँले भन्नुभयो ।

उपराष्ट्रपति पुनले आफ्नो आगामी कार्यकाल र जीवन देश र जनताका लागि हुने बताउँदै “मेरो आगामी कार्यकाल मात्रै होइन, मेरो आगामी जीवन देश र जनताकै लागि हुनेछ” भन्नुभयो ।

“संविधानको संरक्षण तथा पालना, राष्ट्रियता, भौगोलिक अखण्डता, सार्वभौमिकताको सुदृढिकरणका लागि आफ्नो आगामी जीवन समर्पित हुनेछ,” उहाँले भन्नुभयो ।

उपराष्ट्रपति पुनले विगतको कार्यकालमा आफूलाई सहयोग गर्ने सबैलाई धन्यवादसमेत ज्ञापन गर्नुभयो ।

पुन आइतबार मात्रै उपराष्ट्रपतिमा निर्विरोध निर्वाचित हुनु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group