ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिविका रेक्टर र डिनको कार्यकक्षमा तोडफोड


एबीसी न्यूज
२३ फाल्गुन २०८१, शुक्रबार   ८ : १५   बजे

काठमाडौं २३ फागुन । त्रिभुवन विश्वविद्यालयका रेक्टर र विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनको कार्यकक्षमा शुक्रबार एक समूहले तोडफोड गरेका छन् । एउटै विद्यार्थीको समूहले कीर्तिपुरस्थित रेक्टर खड्ग केसी र डिन शंकर खनालको कार्यकक्षमा तोडफोड गरेको प्रत्यक्षदर्शी कर्मचारीले बताए ।

केसी र खनाल कार्यकक्षमा नपुग्दै तोडफोड भएको हो । कार्यकक्षमा रहेका कुर्सी, सिसा, टेबल, दराज, सोफामा क्षति पुगेको रेक्टर र डिन कार्यालयले जनाएका छन् । ‘म कार्यकक्षमा नपुग्दै तोडफोड भइसकेछ । कसले किन तोडफोड गर्‍यो कुनै जानकारी छैन,’ रेक्टर केसीले भने, घटनाबारे कीर्तिपुर प्रहरी वृत्तलाई जानकारी गराएका छौं । प्रहरीले अनुसन्धान गर्दै होला ।’

विद्यार्थीले कुनै पनि माग नराखेको र पछिल्लो समय कुनै विषयमा बिवाद पनि रहेको उनले जनाए । तर प्रत्यक्षदर्शी कर्मचारीहरूका अनुसार नेविसंघबाट स्ववियु सदस्यमा निर्वाचित नरेन्द्र साउदसहित सिकेन्द्र रोकायलगायतका विद्यार्थीले रेक्टर, डिन कार्यकक्षमा तोडफोड गरेर क्षति पुर्‍याएको बताएका छन् ।

कर्मचारीहरुले भने दुवै कार्यालयमा ५र७ जनाको समूहमा आएका विद्यार्थीले तोडफोड गरेको र सबैको पहिचान गर्न नसकेको बताए । रोकायको संयोजकत्वमा त्रिवि संघर्ष समिति गठन गरेर विद्यार्थीले विभिन्न माग राख्दै आएका थिए । उक्त समितिमा नेविसंघबाट स्ववियुमा प्रतिनिधित्व गर्ने साउद पनि संलग्न रहेको विद्यार्थीको भनाइ छ ।

‘अफिस नपुग्दै तोडफोड भएछ । त्यस्तो इस्यु पनि थिएन । कसले तोडफोड गर्‍यो पहिचान पनि भएको छैन । विश्वविद्यालयका विद्यार्थीले त्यस्तो काम गर्नु नपर्ने हो,’ डिन खनालले भने, ‘दुःख लागेको छ ।’ भौतिकशास्त्रका विद्यार्थीले स्नातकोत्तर तह दोस्रो सेमेस्टर परीक्षा सार्न आग्रह गरेको बाहेक कुनै विषय पनि नरहेको उनले जनाए । ‘स्ववियु निर्वाचनपछि परीक्षा छ । विद्यार्थीले सार्नु पर्छ भनेका थिए । मैले सार्न हुँदैन भन्दै आएका थिए,’ उनले भने ।

त्रिविका कतिपय प्राध्यापक, कर्मचारी र विद्यार्थीले भने चैत ५ गते तोकिएको स्ववियु निर्वाचन बिथोल्न सक्रिय समूहले संघर्ष समितिको आवरणमा तोडफोडलगायतका उच्छृंखल गतिविधि गरेको हुन सक्ने दाबी गरेका छन् । नेविसंघका विद्यार्थी तोडफोडमा संलग्न भएको भेटिए पनि त्रिवि नेविसंघ समितिले भने रेक्टर कार्यालयमा भएको तोडफोडमा संगठनको आधिकारिक संलग्नता नरहेको दाबी गरेको छ ।

सभापति विष्णु बडैलाले विज्ञप्ति जारी गर्दै नेविसंघको आधिकारिक निर्णय वा निर्देशनअनुसार तोडफोड नभएको जनाएका छन् । ‘कुनै पनि प्रकारको हिंसात्मक वा तोडफोड गतिविधिलाई नेविसंघले समर्थन गर्दैन । तोडफोडजस्ता असभ्य क्रियाकलाप नेविसंघको आर्दश र आस्थाविपरीत छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो कुनै आधिकारिक निर्णय वा निर्देशनअनुसार गरिएको कार्य होइन । भ्रामक समाचार र निराधार आरोपप्रति हाम्रो गम्भीर ध्यानार्कषण भएको छ ।’

रेक्टरसँग केही केन्द्रीय विभागहरूको शुल्क घटाउनेलगायतका माग राखेर विद्यार्थीले त्रिवि संघर्ष समितिका नाममा आन्दोलन गर्दै आएका थिए । समितिमा नेविसंघका विद्यार्थी पनि आबद्ध छन् । उक्त आन्दोलनको नेतृत्व भने नेविंसघमा आबद्ध विद्यार्थीले गरेका थिए । उनीहरूले ज्ञापनपत्र बुझाउनुका साथै रेक्टर कार्यालयमा तालाबन्दी समेत गरेका थिए । तर विश्वविद्यालय प्रशासनले ताला फुटाएपछि उनीहरू आक्रोशित भएका हुन् । जिल्ला प्रहरी प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले तोडफोड भएको जानकारी पाएपछि अनुसन्धान थालिएको जनाए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group