ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वर्षा गराउने नयाँ प्रणाली भित्रिँदै: चैत १ गतेसम्म हावाहुरी, चट्याङ र असिनाको जोखिम


एबीसी न्यूज
२५ फाल्गुन २०८१, आइतबार   ७ : ०२   बजे

काठमाडौं,२५ फागुन। भोलि वर्षा र हिमपात गराउने नयाँ प्रणाली भित्रिने मौसमविद्हरूले अनुमान गरेका छन् । देशको पश्चिमी भेगबाट भित्रिने प्रणालीले सुदूरपश्चिम, कर्णाली हुँदै पूर्वी भू–भागसम्म बदली गराउने सम्भावना रहेको मौसमविद् धर्मराज उप्रेतीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सुदूरपश्चिम र कर्णालीमा वर्षा र हिमपात गराउने तथा बाँकी भू–भागको पनि केही ठाउँमा वर्षासहित हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । चैत १ गतेसम्म हावाहुरी, चट्याङ र केही ठाउँमा असिनाको समेत सम्भावना रहेको भन्दै उप्रेतीले सचेत रहन सामाजिक सञ्जालमार्फत अनुरोध गर्नुभएको छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले पनि भोलि वर्षा गराउने प्रणाली भित्रने र पश्चिमी क्षेत्रमा वर्षा गराउने बताउनुभयो । तर प्रणाली धेरै बलियो भने छैन । देशमा अब प्रि–मनसुनका गतिविधि बढ्दै जाने जाँदा स्थानीय वायुको प्रभाव बढ्ने र दिउँसोतिर बादल विकसित भएर हावाहुरी, चट्याङ, वर्षाको सम्भावना रहने उहाँले बताउनुभयो ।
हिजो बेलुका काठमाण्डौ उपत्यकामा छिटपुट वर्षा भयो भने इलाम, झापा, खोटाङ, सोलुखुम्बु, दोलखालगायतका जिल्लामा वर्षा र हिमाली क्षेत्रमा हिमपात भएको महाशाखाले जनाएको छ ।
आज पनि कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका १र२ ठाउँमा हल्का हिमपात तथा कोशी र बागमती प्रदेशका पहाडी भू–भागका १/२ ठाउँमा मेघगर्जन र चट्याङसहित सामान्य वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group