ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुलमानबारे मन्त्रीले दिएनन् ‘रिपोर्ट’, मन्त्रिपरिषद् अनिर्णीत


एबीसी न्यूज
२७ फाल्गुन २०८१, मंगलबार   ७ : ३४   बजे

काठमाडौं २७ फागुन । नेपाल विद्युत प्राधिकरका कार्यकारी निर्देशक कुलमान घिसिङसँग तीन दिने स्पष्टीकरण सोधेको मन्त्रिपरिषद् बैठक आज कुनै निर्णय गर्न सकेन।
सोमबार राति बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा अरु निर्णय भए पनि कुलमानबारे कुनै निर्णय नभएको मन्त्रीहरूले बताएका छन्।

विभागीय मन्त्री ऊर्जामन्त्री दीपक खड्का० ले मन्त्रिपरिषद्मा रिपोर्ट पेस नगरेकोले र त्यससम्बन्धी कुनै निर्णय पनि नभएको बैठकपछि एक मन्त्रीले बताए।

अर्का एक मन्त्रीले पनि कुलमानबारे कुनै निर्णय नभएको बताए। उनले भने, ‘तपाईँले खोजेको विषयमा आज कुनै निर्णय भएन। खासै छलफल पनि भएन। अरुअरु विषय थिए। विभागीय मन्त्रीजीले पनि त्यसबारे कुनै रिपोर्ट दिनुभएन।’

गत बुधबार राति बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई सफाइ पेस गर्ने मौका दिने निर्णय गरेको थियो। त्यसका लागि ३ दिनको समय पनि तोकेको थियो।

मन्त्रिपरिषद्को निर्णयअनुसार ऊर्जा मन्त्रालयले कुलमानलाई बिहीबार चारबुँदे स्पष्टीकरण सोधेको थियो। कुलमानले त्यसको जवाफ आइतबार मन्त्रालयमार्फत दिइसकेका छन्।

यसअघि ऊर्जा मन्त्रालयले पटकपटक उनीसँग स्पष्टीकरण सोधिसकेको थियो।
उनको कार्यसम्पादन मूल्यांकनमा पनि मन्त्रालयले शून्य अंक दिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुगिन् सर्वोच्च

रास्वपा नेतृत्वको दौड: ९९ सिटका लागि ३८४ जनाको होड, ८० महिला प्रतिस्पर्धी (सूची)

सम्बन्धित

विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुगिन् सर्वोच्च

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

रास्वपा नेतृत्वको दौड: ९९ सिटका लागि ३८४ जनाको होड, ८० महिला प्रतिस्पर्धी (सूची)

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group