ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा राजावादीको चलखेलमा सङ्गठित प्रयास भइरहेको छ – प्रचण्ड


एबीसी न्यूज
२७ फाल्गुन २०८१, मंगलबार   ३ : २१   बजे

काठमाडौं २७ फागुन । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा राजावादीको चलखेलमा सङ्गठित प्रयास भइरहेको बताउनुभएको छ । उहाँले पुरातनपन्थी राजतन्त्रवादी हौसिएका र यसमा वर्तमान सरकारको कमजोरी रहेको टिप्पणी गर्नुभयो ।

आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राजावादीको चलखेल किन बढ्दै गयो भन्दै सरकारलाई प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, ‘वर्षौंसम्म राजतन्त्र पुनर्स्थापनाको सपना देख्न डराएकाहरूले अहिले सडकमै ओर्लिएर चुनौती दिएका छन् । यसका पछाडि सङ्गठित प्रयास छ । देशभित्र र बाहिरका चलखेल मिसिएका छन् ।’

आठ महिनाअघि माइतीघर मण्डला खाली हुँदै गएको तर अहिले सहकारी, लघुवित्त पीडित, शिक्षक, किसान, महिलालगायत सबै आन्दोलनमा रहेका भन्दै प्रचण्डले अवस्था जटिल बनेको उल्लेख गर्नुभयो । उहाँले पछिल्लो समय आन्दोलनबाहेक अरू विकल्प देख्न छाड्नुपर्ने अवस्था किन आयो भन्दै सरकारलाई प्रश्न गर्नुभएको छ ।

अध्यक्ष प्रचण्डले गणतन्त्रको विकल्प निरङ्कुशता नभई समाजवादी गणतन्त्र भएको बताउँदै गणतन्त्रलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो । लोकतन्त्रमा अहिले निकै चुनौती आएको भन्दै प्रचण्डले चिन्ता व्यक्त गर्नुभयो । वर्तमान दुई तिहाइको सरकार बिचौलियाले चलाएका समेत उहाँको आरोप छ ।

यसैबीच आफ्नो सम्बोधनमा प्रधानमन्त्री केपी शर्मा ओली संसद्मा उपस्थित नभएको भन्दै प्रचण्डले गुनासो गर्नुभएको छ । कोशी प्रदेशसभामा सम्बोधन गर्ने कार्यक्रम रहेकाले प्रधानमन्त्री ओली अनुपस्थित हुनुभएको हो । यसअघि गएको गएको माघ २४ गते प्रचण्डले संसद्मा सम्बोधन गर्दा पनि प्रधानमन्त्री ओली संसद्मा अनुपस्थित हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुगिन् सर्वोच्च

रास्वपा नेतृत्वको दौड: ९९ सिटका लागि ३८४ जनाको होड, ८० महिला प्रतिस्पर्धी (सूची)

सम्बन्धित

विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुगिन् सर्वोच्च

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

रास्वपा नेतृत्वको दौड: ९९ सिटका लागि ३८४ जनाको होड, ८० महिला प्रतिस्पर्धी (सूची)

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group