ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सामाजिक सञ्जाल विधेयकको उद्देश्य प्रष्ट्याउन माग


एबीसी न्यूज
२७ फाल्गुन २०८१, मंगलबार   ७ : ३३   बजे

काठमाडौ २७ फागसन । आम जनता पार्टी आजपाका अध्यक्ष तथा सांसद प्रभु साहले विदेशी एप्सहरूले नेपालबाट खर्बौं रुपैँया लगिराखेको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यसबारे सरकारको ध्यनाकर्षण गरे ।

फेसबुक, युट्युब, ट्वीटर, गेमिङ, सवारीसँग सम्बन्धित इनड्राइभ लगायतका एप्सबाट वर्षेनी नेपालबाट खर्बौं विदेशीरहेको उल्लेख गर्दै उनले यस सम्बन्धमा सरकारको योजना के छ भनेर माग गरे ।

संसारका अन्य मुलुकले जस्तै समाजको आवश्यकता अनुसार एप्स बनाउने नेपाल सरकारको आफ्नै योजना छ कि छैन भन्ने उनको प्रश्न छ । ‘अहिलेको आवश्यकता अनुसार हामीले आफ्नै नयाँ एप्स विकास गर्नै नसक्ने हो रु’ उनको प्रश्न छ ।

विदेशी एप्स नेपालीहरूले जसरी चलाएका छन् त्यसरी नै चलाउन सक्ने गरी आफ्नै एप्स विकास गर्न सरकारलाई उनको आग्रह छ । यसतर्फ सरकारले ध्यान नदिएको उनको आरोप छ । विदेशी एप्सहरूको नियमन गर्नेतिर सरकारको ध्यान नगएको उनको भनाइ छ ।

संसदमा आएको सामाजिक सञ्जाल विधेयक दर्ता भएको उल्लेख गर्दै उनले उक्त विधेयकमा विदेशी एप्सहरूको नियमनबारे कुनै योजना नरहेको बताए ।

सरकारले सामाजिक सञ्जाल विधेयक र अन्य अध्यादेशहरू अगाडि बढाइरहेको छ । म सोध्न चाहन्छु– अहिलेको आवश्यकतालाई ध्यानमा राख्नुभएको छ कि सत्तालाई, आफ्नो स्वार्थलाई ध्यानमा राख्नुभएको छ रु’ उनले भने ।

समाजिक सञ्जाल विधेयकमार्फत पनि के गर्न खोेजेको हो भन्ने उनको प्रश्न छ ।

‘सामाजिक सञ्जालसँग सम्बन्धित क्षेत्रलाई नियमन गर्न खोज्नु भएको छ कि प्रयोगकर्तालाई नियन्त्रण गर्न खोज्नुभएको छ रु’ उनले भने ।

संचालकलाई नियन्त्रण नभएर प्रयोग कर्तालाई नियन्त्रण गर्न खोजेको र त्यसआधारमा कमेन्ट, लाइक, सेयर गरेकै आधारमा दण्डित हुनुपर्ने प्रावधान राखेको उनले बताए । वाक स्वतन्त्रता अर्थात, बोल्न पाउने संवैधानिक अधिकार रहेको उनले स्मरण गरे । विगतमा राजा, राणा र पञ्चायतमा समेत शासक बर्गको आलोचना हुने गरेको बताए ।

त्यसबेलाको समय अनुसार विरोधको शैली रहेको र अहिले सामाजिक सञ्जालमा देखिने गरेको उनले बताए । तर, गणतान्त्रिक सरकार आलोचनादेखि डराइरहेको किन छ भन्ने प्रश्न उब्जिएको उनले बताए ।

२१ शताब्दी लोकतन्त्रको युग रहेको उल्लेख गर्दै उनले लोकतन्त्रमा पनि बोलकै कारण जेल जानुपर्ने कस्तो कानुन बनाउन लागेको हो भनेर प्रश्न गरे ।

सामाजिक सञ्जाललाई नियमन गर्न लागेको भए त्यसअनुसारको नीति लिनुपर्ने उनले बताए ।

यी प्रश्नहरू आम जनताका प्रश्न रहेको उल्लेख गर्दै उनले प्रतिनिधि सभा नियमावली अनुसार सात दिन भित्र सम्बन्धित मन्त्री र वा प्रधानमन्त्रीबाट सामाजिक सञ्जाल विधेयकको उद्देश्यबारे प्रष्ट्याउन माग गरे ।

‘कि तपाईंले सामाजिक सञ्जाल प्रयोगकर्तालाई नियन्त्रण गर्न खोजेको हो कि संचालकलाई रु यसको जवाफ चाहन्छु’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

यस वर्षकै उच्च विन्दुमा काठमाडौंको तापक्रम, ३२.३ डिग्री सेल्सियस

प्रतिनिधिसभा बैठक गणपूरक संख्या नपुगी स्थगित

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu