ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

श्रम तथा रोजगार सम्मेलन : आन्तरिक रोजगार प्रवर्द्धन दशकलाई सफल बनाउने प्रतिबद्धता


एबीसी न्यूज
२८ फाल्गुन २०८१, बुधबार   ७ : ०२   बजे

काठमाडौं २८ फागुुन । आन्तरिक रोजगार प्रवर्द्धन दशकलाई सफल बनाउन आवश्यक रणनीति,कार्यनीति र कार्यक्रम तय गरी कार्यान्वयन गर्ने प्रतिबद्धताका साथ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन २०८१ सम्पन्न भएको छ ।

काठमाण्डौमा दुई दिनसम्म सञ्चालन भएको सम्मेलनले १६ बुँदे घोषणापत्र जारी गरेको छ । सम्मेलनले रोजगार प्रवर्द्धन दशकलाई प्रभावकारी बनाउन आवश्यक नीतिगत र प्रविधिगत परिमार्जन गरिने, दशकको क्रियाकलाप आगामी आवधिक योजना, वार्षिक नीति कार्यक्रम तथा बजेटमा समावेश गरी कार्यान्वयनमा लैजाने घोषणापत्रमा उल्लेख छ ।

सरकारी क्षेत्रको सहजीकरण र निजी क्षेत्रको नेतृत्वमा तुलनात्मक लाभका नवीनतम् एवम् उदीयमान क्षेत्रहरूमा लगानी अभिवृद्धि गरी आन्तरिक रोजगारी प्रवद्र्धन गरिने, श्रम बजारको मागका आधारमा सीपयुक्त जनशक्ति तयार गर्न राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान र निजी क्षेत्रका रोजगारदातासँग समन्वय एवम् सहकार्य गरिने पनि सम्मेलनले निष्कर्ष निकालेको छ ।

औपचारिक तथा अनौपचारिक क्षेत्रमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्दै सामाजिक सुरक्षा सुनिश्चितता, सामाजिक सुरक्षा कोषको रकमलाई उच्च प्रतिफलयुक्त लगानीको माध्यमबाट राष्ट्रिय पुँजी निर्माण, विकास र परिचालन गरी श्रमिकको कल्याण अभिवृद्धि गरिने घोषणापत्रमा उल्लेख छ ।

यस्तै, प्रतिबद्धतामा प्रभावकारी श्रम कूटनीतिमार्फत वैदेशिक रोजगारलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउँदै बाध्यात्मक रूपमा वैदेशिक रोजगारमा जानुपर्ने अवस्थाको अन्त्य गर्न नीतिगत तथा कानूनी सुधार गरिने उल्लेख छ ।

नेपालमा रहेको अनौपचारिक क्षेत्रका श्रमिकलाई तोकिएबमोजिमको न्यूनतम परिश्रमिक र लैङ्गिक समानता सुनिश्चित हुनेगरी क्रमशः औपचारिक क्षेत्रमा ल्याउन नीतिगत सुधार एवम् कार्यक्रम सञ्चालन गरिनेछ ।

आन्तरिक रोजगारीका अवसर सिर्जना गरेर आर्थिक समृद्धिलाई अगाडि बढाउने तथा त्यसका लागि उपयुक्त नीति, योजना तथा कार्यक्रम निर्माण र कार्यान्वयनका लागि नीति पृष्ठपोषण गर्ने उद्देश्यका साथ सम्मेलनको आयोजना गरिएको हो ।

सरकार, रोजगारदाता र श्रमिकको त्रिपक्षीय सहभागिता रहेको सम्मेलनको सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो । त्यस अवसरमा आव २०८२र८३–२०९१र९२ लाई आन्तरिक रोजगारी प्रवर्द्धन दशक घोषणा गरिएको थियो ।

सम्मेलनमा सम्बन्धित विषयको सीप तालिम तथा रोजगारी प्रदान गर्ने सम्बन्धमा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान र विभिन्न १० वटा रोजगारदाता संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

सम्मेलनमा आन्तरिक रोजगारी सिर्जनाका लागि सम्भावित क्षेत्रको पहिचान र प्रवर्द्धन, नेपालमा रोजगार सेवा तथा सुविधाको विकास र विस्तार, श्रम आप्रवासन व्यवस्थापनका विविध आयाम, सूचना प्रविधिको विकासमा नेपालको सम्भावना र रोजगारी सिर्जना, वैदेशिक रोजगारबाट प्राप्त ज्ञान, सीप र पुँजीलाई उत्पादन र उत्पादकत्व अभिवृद्धिमा प्रयोगलगायत विषयमा सामूहिक छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group