ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केयूको उपकुलपति नियुक्तिमा ढिलाइ भएपछि संघले दियो अर्को चेतावनी


एबीसी न्यूज
२८ फाल्गुन २०८१, बुधबार   १ : ५२   बजे

काठमाडौं २८ फागुुन । काठमाडौँ विश्व विद्यालय केयू० प्राध्यापक संघले उपकुलपति नियुक्तिमा भइरहेको विलम्प्रति पुनः सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

उपकुलपति सिफारिसमा गैरप्राज्ञिक गतिविधि बढेको भन्दै केयू प्राध्यापक संघ विगत दुई सातादेखि आन्दोलनमा छ।

संघका अध्यक्ष डा।विकास अधिकारी र महासचिव तेजेशमान शाक्यले विज्ञप्ति जारी गर्दै विरोधका रचनात्मक भूमिकाको वेवास्ता भइरहे संघर्षका कडा कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन्।

सुरुमा तीन दिनभित्र उपकुलपतिको नाम सिफारिस गर्न अल्टिमेटम दिएको संघले सो समयसम्म नाम सिफारिस नभएपछि दोस्रो चरणमा सात दिनका लागि शान्तिपूर्ण दबाबका कार्यक्रम घोषणा गरेको थियो।

तर, यस अवधिभित्र पनि नयाँ उपकुलपति नियुक्त नभएपछि संघले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हालसम्म संघ आफ्ना धारणासहित संयमित भई रचनात्मक भूमिका कायम राख्दै आइरहेकोमा अझै पनि नयाँ उपकुलपति नियुक्ति कार्य सुस्त हुने हो भने अर्को चरणमा रचनात्मक भूमिकाबाट पछि हटेर अरु ठोस कुनै कदम चाल्न बाध्य हुनेछ।’
उपकुलपति छनोट समितिले यही फागुन २ र ३ मा उपकुलपतिका लागि आवेदन दिएका २० जनामध्य सर्टलिस्टमा परेका १० जनाको अन्तर्वार्ता र प्रस्तुतीकरण भएको थियो। तर समितिका सदस्यहरूबीच सहमति नहुँदा अझै नाम सिफारिस हुन सकेको छैन।

समितिमा केयूका पूर्व उपकुलपति सुरेशराज शर्मा संयोजक, अर्जुन कार्की र पूर्व सचिव जनार्दन नेपाल सदस्य छन्।

संघले प्रधानमन्त्री, शिक्षामन्त्री, सिनेट, उपकुलपति छनोट समिति लगायतका निकायलाई विभिन्न ढंगले ध्यानाकर्षण गराउँदै तुरुन्तै केयूमा उपकुलपति नियुक्ति गर्न माग गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

सम्बन्धित

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group