ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुमनाले कांग्रेस नेताले सार्वजनिक जग्गा प्रयोग गरेको आरोप लगाएपछि प्रतिनिधिसभामा लफडा


एबीसी न्यूज
२८ फाल्गुन २०८१, बुधबार   ८ : ०५   बजे

काठमाडौं २८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठले नेपाली कांग्रेसका नेताले सार्वजनिक जग्गा प्रयोग गरेको भनेर धारणा राखेपछि प्रतिनिधिसभामा लफडा भएको छ । सांसद श्रेष्ठको त्यो धारणामा कांग्रेस सांसद राजेन्द्र केसी, राजेन्द्र बजगाईँ, सुशीला थिङलगायत सांसदहरूले आपत्ति जनाएका छन् ।
श्रेष्ठले धारणा राखिसक्ने बित्तिकै कांग्रेस सांसद केसी उठेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले ‘माननीयज्यू’ को नियमापत्ति हो भन्दै सोधेका थिए । त्यसपछि कांग्रेसका आधा दर्जन सांसदहरू उठेर विरोध गरे । तर, सभामुखले उनीहरूलाई बोल्न माइक दिएनन् ।

सभामुखले माइक नदिए पनि सांसद केसीले बोलेको सुनिएको थियो । उनले प्रतिनिधिसभामा आरोप लगाएपछि त्यसको तथ्य पुष्टि गर्न सक्नुपर्ने बताएका थिए । तथ्य पुष्टि नहुने भए संसद्को रेकर्डबाट हटाउन माग गरेका थिए । तर, सभामुख घिमिरेले हटाउन निर्देशन दिएनन् ।

सभामुख घिमिरेले भने, ‘प्रतिनिधिसभामा वादविवादमा जाने होइन, आफूले उत्तरदायी र जिम्मेवार तरिकाले राख्नुहुनेछ भन्ने हाम्रो विश्वास छ । सार्वजनिक ढङ्गबाट संसद्को अगाडि तथ्यपरक ढङ्गले राख्नहुन्छ । राख्नुहुनेछ ।’

सभामुखले धेरै आग्रह गरेपछि कांग्रेस सांसदहरू बसेपछि अहिले सदन चलिरहेको छ ।

सांसद श्रेष्ठले काठमाडौँ जिल्लाको क्षेत्र नं ६ मा पर्ने तारकेश्वर ९ मा रहेको नेपाल सरकारको जग्गा कित्ता नम्बर ६३ र ६३ नेपाली कांग्रेसका नेताले कब्जामा लिई भोगचलन गर्दै आएको स्थानीय बासिन्दाको गुनासो रहेको बताएकी थिइन् । स्थानीय सरकारले उक्त जग्गा संरक्षणमा कुनै पहल नगरेको श्रेष्ठको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

यस वर्षकै उच्च विन्दुमा काठमाडौंको तापक्रम, ३२.३ डिग्री सेल्सियस

प्रतिनिधिसभा बैठक गणपूरक संख्या नपुगी स्थगित

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu