काठमाडौं १ चैत । समाजवादी मोर्चाले पछिल्लो समय भइरहेका प्रतिगामी कदमहरूलाई असफल बनाउन बुद्धिजीवी र नागरिक समाजसँग शनिबार अन्तरक्रिया गर्ने भएको छ। शुक्रबार नेकपा एकीकृत समाजवादी० को कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले यस्तो निर्णय गरेको हो।
बैठकले पछिल्लो समय भइरहेका प्रतिगामी कदमहरूको विरोधमा बुद्धिजीवी र नागरिक समाजका अगुवाहरूसँग छलफल गर्ने निर्णय गरेको नेकपा नेता खड्गबहादुर विश्वकर्माले जानकारी दिए।
मोर्चाले चैत १५ गते काठमाडौँ वृहत विरोध कार्यक्रम गर्ने समेत निर्णय गरेको छ । परिस्थिति एकपछि अर्को गरी जटिल बन्दै गएको विषयमा हामीले छलफल गर्यौँ । यसलाई असफल बनाउन चैत्र १५ गते काठमाडौंमा वृहत विरोध कार्यक्रम गर्ने निर्णय भएको छ,ु उनले भने, त्यसअघि तत्कालै हामीले वुद्धिजीवी र नागरिक समाजका अगुवाहरूसँग शनिबार छलफल गर्छौँ ।
चैत १५ को प्रदर्शनमा भने गणतन्त्रको पक्षमा हजारौँको प्रदर्शन गर्ने तयारी रहेको उनले बताए।
प्रतिक्रिया दिनुहोस्