ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिरहामा महायज्ञका नाममा दलितको घर भत्काइएको विषयमा सांसदहरूको आपत्ति


एबीसी न्यूज
६ चैत्र २०८१, बिहिबार   १ : २६   बजे

काठमाडौं ७ चैत । प्रतिनिधिसभाका सांसदहरूले सिरहाको औरही गाउँपालिका वडा नम्बर ५ मा महायज्ञ गर्ने भन्दै दलित परिवारको घर भत्काइएको विषयमा आपत्ति जनाएका छन् ।

आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले पीडित परिवारलाई न्याय दिन र दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

नेपाली कांग्रेसका सांसद जीवन परियार, नेकपा एमालेकी सांसद सम्झना थपलिया, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झा, जनमत पार्टीका सांसद अब्दुल खान, स्वतन्त्र सांसद अमेरशकुमार सिंह, सांसदहरू रणेन्द्र बराली, प्रभु हजारा, शान्ति विकलगायतले संसद् बैठकमा बोल्दै घटनाबारे सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसदहरूले यस घटनाप्रति आपत्ति जनाउँदै दलितहरूले न्याय खोज्दै अन्तर्राष्ट्रिय अदालत हेग जानुपर्ने अवस्थासमेत आएको बताएका छन् । सांसदहरूले एकपछि अर्को गरी दलित समुदायमाथि हिंसाका घटनाहरू हुँदा सरकार र गृहमन्त्री रमेश लेखकले कुनै कदम नचालेको आरोप पनि लगाएका छन् ।

आउँदो १७ गतेदेखि शुरू गर्न लागिएको महायज्ञका लागि स्थानीय दीपक डोमको घर भत्काइएको हो । महायज्ञका बजरंगी बाबाले दलित परिवारलाई त्यहाँ राखे महायज्ञ नहुने भनेपछि पालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादव मिलेर घर भत्काइएको स्थानीयको आरोप छ ।

गाउँपालिका अध्यक्ष शिवजी यादव भने दलित भएका कारण नभई त्यो सार्वजनिक जग्गासमेत रहेको र धारा र बिजुलीको व्यवस्थाका लागि दीपक डोमको सहमतिमै घर भत्काएर अन्यत्र सारेको दाबी गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group