ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साँझको समयमा २३० मेगावाट बिजुली दिन भारतसँग आग्रह


एबीसी न्यूज
७ चैत्र २०८१, शुक्रबार   १ : ४०   बजे

काठमाडौ ८ चैत । सरकारले साँझको समयमा २३० मेगवाट बिजुली दिन भारतसँग आग्रह गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फ भारत सरकारलाई औपचारिक आग्रह गरेको हो ।

दैनिक २० घण्टासम्म करिब ६०० मेगावाट बिजुली आयात गरेर आन्तरिक माग पूरा गरिरहेको नेपाललाई भारतले गएको सोमवारदेखि सोलार आवर अर्थात बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म मात्रै बिजुली आयात अनुमति दिएको छ । साँझमा आयात रोकिएपछि उद्योगहरुमा लोडसेडिङ हुन थालेको छ ।

सरकारले उद्योगहरुमा लोडसेडिङ भएको र यसले अर्थतन्त्रमा समेत नकारात्मक असर पारेको भन्दै भारतलाई बिजुली पठाइदिन आग्रह गरेको हो । नेपालको धेरै जलविद्युत् आयोजना नदी प्रवाहमा आधारित रहेका कारण हिउँदको उत्पादन ३० प्रतिशतभन्दा तल झर्छ ।

नेपाल विद्युत प्राधिकरणका अनुसार हिउँदमा १६०० मेगावाट बिजुलीको औसत माग छ । हिउँदमा १००० मेगावाटभन्दा कम आन्तरिक उत्पादन हुन्छ ।

यसैबीच निजी क्षेत्रका दुई व्यवसायिक संस्थाले उद्योगहरुमा विद्युत कटौती नगरी तत्काल नियमित गर्न सरकारसँग अनुरोध गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग परिसङ्घले विज्ञप्ति निकालेर अर्थतन्त्रको मेरुदण्ड रहेको उद्योगहरुमा लोडसेडिङ्ग गरिएकोप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group