ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

५ देखि १० वर्षभित्र अमेरिकालाई नेटोबाट विस्थापित गर्ने योजना बनाउँदै युरोप


एबीसी न्यूज
९ चैत्र २०८१, आइतबार   ७ : २४   बजे

काठमाडौं १० चैत । युरोपका ठूला सैन्य शक्तिहरूले ५ देखि १० वर्षभित्र अमेरिकालाई नेटो गठबन्धनबाट विस्थापित गर्ने योजना बनाउन थालेका छन्। युरोप महादेशको रक्षाको जिम्मेवारी आफैँले लिने र सो जिम्मेवारी व्यवस्थित रूपमा हस्तान्तरण गर्नका लागि ट्रम्प प्रशासनलाई प्रस्ताव गर्ने तयारी पनि ती मुलुकहरूको छ।

अमेरिका अचानक आफूखुसी नेटोबाट बाहिरिएको अवस्थामा हुने भद्रगोललाई रोक्ने प्रयासमा ती मुलुकहरू छन्। आठ दशकदेखि अमेरिकी सुरक्षा छातामा रहेका युरोपेलीहरू ट्रम्पले बारम्बार नेटो छाड्ने धम्कीबाट त्रसित् छन्।

यसरी अमेरिकाले लिएको जिम्मेवारी आफ्नो काँधमा सार्ने विषयमा बेलायत, फ्रान्स, जर्मनी र नर्डिक मुलुकहरू अनौपचारिक छलफलमा रहेको युरोपेली अधिकारीहरूले बताएका छन्। उनीहरूको उदेश्य जुन महिनामा हेगमा हुने नेटोको वार्षिक सम्मेलनअघि अमेरिकाको काँधबाट वित्तीय तथा सैन्य बोझ युरोपेलीहरूको काँधमा सार्ने योजना तयार गर्नु हो।

यो प्रस्तावमा युरोपको रक्षा बजेट बढाउने र सैन्य क्षमता निर्माण गर्ने प्रतिबद्धता गरिने छ। ताकि ट्रम्पलाई विस्तारै सो जिम्मेवारी हस्तान्तरण गर्न राजी गराउन सकियोस्। नेटोमा अन्य मुलुकभन्दा ज्यादा खर्च गर्ने अमेरिका अहिले युरोपको सुरक्षाका लागि अपरिहार्य छ।

अमेरिकाले युरोपको रक्षा गर्ने प्रतिबद्धता जनाएको छ। सोहीअनुसार कयौँ युरोपेली मुलुकका वायु सेनाले अमेरिकी आणविक हतियार बोक्ने गरेका छन्। त्यसका अलावा युरोपका कुनै पनि मुलुकसँग नभएको सैन्य क्षमता पनि अमेरिकाले दिँदै आएको छ। अमेरिकाले युरोपमा वायु, नौसैनिक र स्थल सैनिक अखडाहरू राखेको छ। जहाँ जम्मा ८० हजार अमेरिकी सैनिक तैनाथ छन्।

जर्मनी, फ्रान्स र बेलायतले ट्रम्प निर्वाचित भएदेखि रक्षा खर्च बढाएका छन्। ईयूले पनि सदस्य मुलुकहरूको सैन्य लगानी वृद्धि गर्ने पहल अघि सारेको छ।

अहिले अमेरिकाले जेजस्ता क्षमता उपलब्ध गराएको छ, त्यसलाई आफैँले विस्थापित गर्न युरोपेली मुलुकहरूलाई ५ देखि १० वर्ष लाग्ने अनुमान गरिएको ती युरोपेली अधिकारीले बताए। यसमा अमेरिकी आणविक हतियार भने सामेल छैन।

‘एउटा मात्र विकल्प भनेको खर्च बढाउनु हो। बोझ साझा गर्ने र अमेरिकामाथिको निर्भरता घटाउने,’ ती अधिकारीले भने, ‘हामीले कुराकानी सुरु गरेका छौँ। तर, यो यति ठूलो काम हो कि यसको स्तर देखेरै थुप्रै मुलुक हैरान छन्।’

अमेरिकी कूटनीतिज्ञहरूले आफ्ना युरोपेली समकक्षीहरूलाई नेटो सदस्यता र नेटोको धारा ५ अर्थात्, एकअर्काको रक्षा गर्ने सर्तप्रति ट्रम्प प्रतिबद्ध रहेको भन्दै आश्वस्त तुल्याएका छन्। तर, कुनै पनि बेला ह्वाइटहाउसले युरोपमा तैनाथ सेना वा हतियार कम गर्ने वा नेटोको साझा जिम्मेवारीबाट पन्छिने निर्णय गर्नसक्ने भन्दै युरोपेली मुलुकहरू त्रस्त छन्।

कतिपय मुलुक भने जिम्मेवारी हस्तान्तरणसम्बन्धी छलफल सुरु गर्न पनि डराइरहेका छन्। यसले अमेरिकालाई झन् छिटो युरोपको साथ छाड्न उक्साउने उनीहरूको डर छ। अन्य केही मुलुक ट्रम्पको प्रशासन यस्तो वार्तामा सहभागी हुनेमै शंका गर्छन्।

‘अमेरिकासँग एक सम्झौता आवश्यक छ। उनीहरू यसो गर्न इच्छुक छन् छैनन्, त्यो पनि स्पष्ट छैन। सम्झौतापछि पनि उनीहरूले त्यसको पालना गर्ने विश्वास गर्न सकिन्छ तरु’ अर्का अधिकारीले भने।

अहिले बेलायत र फ्रान्सको अगुवाइमा युक्रेनलाई सघाउन ‘इच्छुकहरूको गठबन्धन’ बनाउने प्रयास चलिरहेको छ। त्यससम्बन्धी छलफलमा अमेरिका सामेल छैन।

नेटोभित्रै अर्को एउटा समूह गठन गर्न सम्भव छ त भन्ने प्रश्नमा तेस्रो युरोपेली अधिकारीले भने, ‘त्यो त हामी अहिले नै देखिरहेका छौँ। युक्रेनलाई सघाउने मामिलामा अमेरिकाबिनै बेलायत र फ्रान्सले पहल लिइराखेका छन्।’

नेटोका अधिकारीहरूको तर्क छ, नयाँ संरचना बनाउनुभन्दा अमेरिकी भूमिका सीमित रहेको वा अमेरिकाबिनाको नेटो गठबन्धन कायम गर्नु निकै सजिलो हुन्छ। युरोपको आधारभूत सुरक्षाका लागि बेलायत र अन्य नौसैनिक शक्तिहरू, उत्तरमा नर्डिक मुलुक र दक्षिणपूर्वमा टर्कीको सहभागिता आवश्यक हुन्छ। यी सबै नेटोका सदस्य हुन्।

‘अमेरिकाबिना पनि युरोपको सुरक्षा सहकार्यका लागि आवश्यक संरचना नेटोसँग उपलब्ध छ,’ च्याटम हाउसकी मरिअन मेस्मर भन्छिन्, ‘अमेरिका हट्ने हो भने केही पक्ष विस्थापित गर्नुपर्ने हुन्छ। तर, नेटोले संरचना र पूर्वाधार भने दिन्छ। जोसँग युरोपेलीहरू परिचित छन्। तर, युरोपेली मुलुकहरूका लागि मात्रै नयाँ गठबन्धन बनाउने हो भने शून्यदेखि काम गर्नुपर्ने हुन्छ।’ फाइनान्सियल टाइम्सबाट

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group