ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ असार २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आर्थिक विश्वव्यापीकरणलाई अगाडि बढाउने चीनको घोषणा


एबीसी न्यूज
१० चैत्र २०८१, सोमबार   ७ : ५६   बजे

काठमाडौं ११ चैत । चीनले आर्थिक विश्वव्यापीकरणलाई अगाडि बढाउने घोषणा गरेको छ । बेइजिङमा आयोजित व्यापारिक अधिकारीहरूको एक भेलालाई सम्बोधन गर्दै चीनका उच्च नेताले विखण्डनका बावजुद चीनले आर्थिक विश्वव्यापीकरणलाई अगाडि बढाउने बताएका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने सामानमा धेरै चरणको कर लगाएको केही समयपछि चीन विकास मञ्चको बैठक भएको बीबीसीले जनाएको छ । अमेरिकी करवृद्धि र त्यसको बदलामा आउने रक्षात्मक निर्णयले विश्वभर आर्थिक चुनौतीहरू बढेकोले विश्वव्यापीरूपमा नै मूल्यवृद्धिको सम्भावनालाई बढाएको विज्ञहरुले बताएका छन् ।

चिनियाँ प्रधानमन्त्री ली कियाङले अहिले चीन इतिहासको कठिन घडीमा भए पनि सही पक्ष, निष्पक्षता र न्यायमा दृढतापूर्वक उभिने बताउनुभएको छ । एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकलगायत प्रमुख व्यापारिक नेताहरूको उपस्थितिमा भएको कार्यक्रममा प्रधानमन्त्री लीले चीनले आर्थिक भूमण्डलीकरणको सही दिशाको पालना गर्ने, सही बहुपक्षीयताको अभ्यास गर्ने र स्थिरता र निश्चितताको लागि एक शक्ति बन्ने प्रयास गर्ने बताउनुभएको हो ।

अमेरिकासँग व्यापार वार्ताका लागि संलग्न हुन चीनले खुला दृष्टिकोण व्यक्त गरेको छ । अमेरिकी सिनेटर स्टिभ डेन्सले बेइजिङ भ्रमणका क्रममा आर्थिक मामिला हेर्ने चीनका उपप्रधानमन्त्री हे लिफेङसँग भेटवार्ता गर्नुभएको थियो । उहाँले प्रधानमन्त्री लीसँग पनि भेट गर्ने कार्यक्रम छ । चीनले यस वर्ष पाँच प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ, जुन गएको वर्षको जस्तै हो र धेरै अर्थशास्त्रीहरूले यसलाई महत्त्वाकाङ्क्षी मानेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

माधव नेपालको चेतावनी– ‘कुराले चिउरा भिज्दैन, अब गम्भीर आत्मसमीक्षाको खाँचो’

पूर्वराष्ट्रपति भण्डारीको आतिथ्यमा शीर्ष कम्युनिस्ट नेताहरू एकै मञ्चमा: कम्युनिस्ट एकताको चर्चा (फोटोफिचर)

सम्बन्धित

माधव नेपालको चेतावनी– ‘कुराले चिउरा भिज्दैन, अब गम्भीर आत्मसमीक्षाको खाँचो’

पूर्वराष्ट्रपति भण्डारीको आतिथ्यमा शीर्ष कम्युनिस्ट नेताहरू एकै मञ्चमा: कम्युनिस्ट एकताको चर्चा (फोटोफिचर)

संसद् बैठकमा सांसदहरूको गर्जन: नतिजादेखि दुर्घटनासम्मका विषयमा सरकारको ध्यानाकर्षण

पेट्रोलियम पदार्थको मूल्य घट्ने सम्भावना: अर्थमन्त्री वाग्लेको भनाइ

झलनाथ खनालको आह्वान: ‘कम्युनिस्ट आन्दोलनविरुद्ध षड्यन्त्र, अब वामपन्थी एकता अनिवार्य’

विश्वकप २०२६: आजदेखि सुरु हुँदै नकआउट चरणको महाभिडन्त, ‘गर या मर’को प्रतिस्पर्धामा ३२ टोली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu