ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकप २०२६: आजदेखि सुरु हुँदै नकआउट चरणको महाभिडन्त, ‘गर या मर’को प्रतिस्पर्धामा ३२ टोली


एबीसी न्यूज
१४ असार २०८३, आइतबार   ३ : ०४   बजे

काठमाडौं – अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा जारी फिफा विश्वकप २०२६ आजदेखि नयाँ रोमाञ्चक मोडमा प्रवेश गर्दैछ। समूह चरणका सबै ७२ खेल सम्पन्न भएसँगै अब विश्व फुटबलको सबैभन्दा प्रतिस्पर्धात्मक मानिने नकआउट चरण सुरु हुन लागेको हो, जहाँ प्रत्येक खेल टोलीका लागि ‘गर या मर’को लडाइँ हुनेछ।

यस संस्करणमा पहिलो पटक ४८ टोली सहभागी भएका थिए। समूह चरणपछि उत्कृष्ट प्रदर्शन गर्ने ३२ टोलीले नकआउट चरणमा स्थान बनाएका छन् भने बाँकी १६ टोलीको विश्वकप यात्रा यहीँ टुंगिएको छ।

यसपटक विश्वकपको नयाँ संरचनाअनुसार पहिलो पटक राउण्ड अफ ३२ समावेश गरिएको छ। यस चरणका विजेता टोली अन्तिम १६ (प्रि-क्वार्टरफाइनल) मा प्रवेश गर्नेछन् भने पराजित टोली प्रतियोगिताबाट बाहिरिनेछ। त्यसैले अब प्रत्येक खेल फाइनलसरह हुने अपेक्षा गरिएको छ।

क्यानडा र दक्षिण अफ्रिकाबीच ऐतिहासिक भिडन्त

राउण्ड अफ ३२ को उद्घाटन खेलमा सहआयोजक क्यानडा र दक्षिण अफ्रिका आमनेसामने हुँदैछन्। नेपाली समयअनुसार यो खेल सोमबार बिहान १२:४५ बजे अमेरिकाको लस एन्जलस स्टेडियममा सुरु हुनेछ।

दुवै टोलीले आफ्नो फुटबल इतिहासमा पहिलो पटक विश्वकपको नकआउट चरणमा स्थान बनाएका हुन्। क्यानडा समूह ‘बी’ को उपविजेता बन्दै अघि बढेको हो भने दक्षिण अफ्रिका समूह ‘ए’ को उपविजेताका रूपमा अन्तिम ३२ मा पुगेको हो।

‘बफाना बफाना’ उपनामले चिनिने दक्षिण अफ्रिकाले विश्वकपमा पहिलो पटक क्यानडासँग प्रतिस्पर्धा गर्न लागेको हो। समग्र अन्तर्राष्ट्रिय फुटबलमा भने यी दुई टोलीबीच यो दोस्रो भेट हुनेछ। सन् २००७ मा डर्बानमा भएको मैत्रीपूर्ण खेलमा दक्षिण अफ्रिकाले क्यानडालाई २–० ले पराजित गरेको थियो।

यसपटक दुवै टोली अर्को इतिहास रच्ने लक्ष्यसहित मैदान उत्रनेछन्। खेलको विजेताले अन्तिम १६ मा नेदरल्यान्ड्स र मोरक्कोबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

प्रत्येक खेल निर्णायक

समूह चरणमा गल्ती सुधार्ने अवसर भए पनि अब त्यसको कुनै सम्भावना रहने छैन। नकआउट चरणमा एक हारले प्रतियोगिताबाट बाहिरिनुपर्ने भएकाले प्रशिक्षक, खेलाडी र समर्थक सबैको ध्यान प्रत्येक खेलमा केन्द्रित हुनेछ।

ब्राजिल, जर्मनी, फ्रान्स, स्पेन, अर्जेन्टिना, इंग्ल्यान्ड र पोर्चुगलजस्ता बलिया टोली उपाधि यात्रालाई निरन्तरता दिन मैदान उत्रनेछन् भने क्यानडा, दक्षिण अफ्रिका, बोस्निया एण्ड हर्जेगोभिना, केप भर्डे र डीआर कंगोजस्ता टोली ऐतिहासिक सफलता दोहोर्याउने प्रयासमा रहनेछन्।

राउण्ड अफ ३२ को खेल तालिका (नेपाली समय)

असार १५ (जुन २९)

  • दक्षिण अफ्रिका vs क्यानडा — बिहान १२:४५ बजे
  • ब्राजिल vs जापान — राति १०:४५ बजे

असार १६ (जुन ३०)

  • जर्मनी vs पाराग्वे — बिहान २:१५ बजे
  • नेदरल्यान्ड्स vs मोरक्को — बिहान ६:४५ बजे
  • आइभरी कोस्ट vs नर्वे — राति १०:४५ बजे

असार १७ (जुलाई १)

  • फ्रान्स vs स्वीडेन — बिहान २:४५ बजे
  • मेक्सिको vs इक्वेडर — बिहान ६:४५ बजे
  • इंग्ल्यान्ड vs डीआर कंगो — राति ९:४५ बजे

असार १८ (जुलाई २)

  • बेल्जियम vs सेनेगल — बिहान १:४५ बजे
  • अमेरिका vs बोस्निया एण्ड हर्जेगोभिना — बिहान ५:४५ बजे

असार १९ (जुलाई ३)

  • स्पेन vs अस्ट्रिया — बिहान १२:४५ बजे
  • पोर्चुगल vs क्रोएसिया — बिहान ४:४५ बजे
  • स्वीट्जरल्यान्ड vs अल्जेरिया — बिहान ८:४५ बजे
  • अस्ट्रेलिया vs इजिप्ट — राति ११:४५ बजे

असार २० (जुलाई ४)

  • अर्जेन्टिना vs केप भर्डे — बिहान ३:४५ बजे
  • कोलम्बिया vs घाना — बिहान ७:१५ बजे

उपाधि यात्राको वास्तविक परीक्षा सुरु

समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेका टोलीका लागि अब वास्तविक परीक्षा सुरु भएको छ। एक गल्तीले प्रतियोगिताबाट बाहिरिनुपर्ने भएकाले हरेक टोली रणनीतिक रूपमा थप सावधानी अपनाउनेछ। विश्व फुटबलका स्थापित शक्ति र उदाउँदा राष्ट्रबीचको प्रतिस्पर्धाले विश्वकपको रोमाञ्चकता अझ बढाउने अपेक्षा गरिएको छ।

आज रातिदेखि सुरु हुने नकआउट चरणसँगै विश्वकप २०२६ उपाधि यात्राले नयाँ मोड लिनेछ, जहाँ प्रत्येक खेलले नयाँ इतिहास लेख्ने सम्भावना बोकेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारले राष्ट्रियसभाका सांसदको सुझाव नै मान्दैन : सुवेदी

हिंसाबाट सत्ता परिवर्तनको मान्यता स्थापित हुन खोज्नु लोकतन्त्रका लागि खतराः राधेश्याम अधिकारी

सम्बन्धित

विश्वकपको हिस्सेदारी बेच्ने फिफाको प्रस्ताव फिर्ता, युईएफएद्वारा ‘खेलको जित’ भएको घोषणा

फिफा निलम्बन फुकुवा भएमा नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu