ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ असार २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

झलनाथ खनालको आह्वान: ‘कम्युनिस्ट आन्दोलनविरुद्ध षड्यन्त्र, अब वामपन्थी एकता अनिवार्य’


एबीसी न्यूज
१४ असार २०८३, आइतबार   ३ : २६   बजे

काठमाडौँ, – नेकपाका वरिष्ठ नेता झलनाथ खनालले नेपालको कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्ने उद्देश्यले देशी-विदेशी शक्तिहरूबाट निरन्तर षड्यन्त्र भइरहेको दाबी गरेका छन्। मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनद्वारा आयोजित विशेष गोष्ठीलाई सम्बोधन गर्दै नेता खनालले यस्तो धारणा राखेका हुन्।

वामपन्थी एकतामा जोड

कार्यक्रममा बोल्दै नेता खनालले वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थीहरूको एकताबद्ध हुनुको विकल्प नरहेको स्पष्ट पारे। उनले विगतमा सानातिना स्वार्थ र अहङ्कारका कारण कम्युनिस्ट घटकहरूबीच एकता हुन नसकेको स्वीकार गर्दै अब भने दीर्घकालीन सोचका साथ अघि बढ्नुपर्ने बताए।

“वामपन्थी एकता अनन्तकालदेखि आवश्यकता थियो। कहिले सिङ पलायो, कहिले जुरो पलायो, कहिले के पलायो, त्यसैले हामी एकताबद्ध हुन सकेनौँ। तर, अब भने यही दिनबाट वामपन्थी एकतालाई दीर्घकालीन ढंगले अगाडि बढाउने कामको थालनी गरौँ,” खनालले आह्वान गरे।

साम्राज्यवादी र प्रतिक्रियावादीविरुद्ध चुनौती

खनालले देशमा सक्रिय रहेको बताउँदै साम्राज्यवादी र प्रतिक्रियावादी शक्तिहरूले मच्चाइरहेको ‘बबण्डर’ लाई परास्त गर्न वामपन्थी शक्तिहरूको बलियो मोर्चा आवश्यक रहेको जिकिर गरे। उनीहरू एकजुट नभएसम्म मुलुकमा राजनीतिक स्थिरता र जनअपेक्षा अनुरूपको काम हुन नसक्ने उनको बुझाइ छ।

मदन भण्डारीको हत्या ‘रहस्यमयी र षड्यन्त्रपूर्ण’

मदन भण्डारीको स्मरण गर्दै नेता खनालले उनको मृत्युलाई एउटा सामान्य दुर्घटनाका रूपमा नभई ठूलो षड्यन्त्रको रूपमा चित्रण गरे। उनले मदन भण्डारीको हत्या कायरतापूर्ण र रहस्यमयी रहेको उल्लेख गर्दै यसको सत्यतथ्य अझै पत्ता लगाउन नसक्नु आफ्नै कमजोरी भएको स्विकारे।

उनका अनुसार, भण्डारीको हत्या केवल एक व्यक्तिमाथिको आक्रमण नभई समग्र नेपाली कम्युनिस्ट आन्दोलनलाई नै निष्तेज पार्ने सुनियोजित प्रयास थियो। उनले भने, “उहाँमाथि हत्याको षड्यन्त्र रचियो। त्यो नेपालको कम्युनिस्ट आन्दोलनलाई निष्तेज पार्ने देश र विदेशका प्रतिक्रियावादीहरूको षड्यन्त्र हो। यो षड्यन्त्र उहाँमाथि मात्रै होइन, सिंगो कम्युनिस्ट आन्दोलनमाथि जारी छ।”

यस घटनाले नेपाली राजनीतिमा पुनः एकपटक कम्युनिस्ट एकताको बहसलाई सतहमा ल्याइदिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

वामपन्थी सहकार्य ढिला गर्नु ठूलो गल्ती हुन्छ : प्रचण्ड

माधव नेपालको चेतावनी– ‘कुराले चिउरा भिज्दैन, अब गम्भीर आत्मसमीक्षाको खाँचो’

सम्बन्धित

वामपन्थी सहकार्य ढिला गर्नु ठूलो गल्ती हुन्छ : प्रचण्ड

माधव नेपालको चेतावनी– ‘कुराले चिउरा भिज्दैन, अब गम्भीर आत्मसमीक्षाको खाँचो’

पूर्वराष्ट्रपति भण्डारीको आतिथ्यमा शीर्ष कम्युनिस्ट नेताहरू एकै मञ्चमा: कम्युनिस्ट एकताको चर्चा (फोटोफिचर)

संसद् बैठकमा सांसदहरूको गर्जन: नतिजादेखि दुर्घटनासम्मका विषयमा सरकारको ध्यानाकर्षण

पेट्रोलियम पदार्थको मूल्य घट्ने सम्भावना: अर्थमन्त्री वाग्लेको भनाइ

विश्वकप २०२६: आजदेखि सुरु हुँदै नकआउट चरणको महाभिडन्त, ‘गर या मर’को प्रतिस्पर्धामा ३२ टोली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu