ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राहुल गान्धीसँग बेलायती नागरिकता पनि रहेको आरोप, जोखिममा सांसद पद


एबीसी न्यूज
१० चैत्र २०८१, सोमबार   ९ : १८   बजे

काठमाडौं ११ चैत । इलाहाबाद उच्च अदालतको लखनऊ बेन्चले कंग्रेस सांसद तथा लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीको दोहोरो नागरिकताको मुद्दामा निर्णय लिन केन्द्रीय गृह मन्त्रालयलाई चार हप्ताको समय दिएको छ।

हिन्दुस्तानका अनुसार मन्त्रालयले यस मुद्दामा आठ हप्ताको म्याद माग गरे पनि अदालतले चार हप्ताभित्र यसबारे निर्णय गर्न भनेको हो।

राहुल गान्धीसँग बेलायती नागरिकता पनि रहेको आरोप लागेको हो। यस विषयमा एक जनहित याचिका दायर गरिएको छ, जुन उच्च अदालतमा सुनुवाइ भइरहेको छ।

डिसेम्बर १९ मा भएको पछिल्लो सुनुवाइमा उच्च अदालतले केन्द्र सरकारलाई कारबाहीको विवरण मार्च २४ मा अदालतमा पेस गर्न निर्देशन दिएको थियो, तर केन्द्र सरकारले त्यसो गर्न सकेन।

२०२४ जुलाई १ मा कर्नाटकका भाजपा नेता तथा वकिल एस विग्नेश शिशिरले इलाहाबाद उच्च अदालतमा राहुल गान्धीसँग बेलायती नागरिकता पनि रहेको आरोप लगाउँदै निवेदन दायर गरेका थिए। निवेदनमा उनले भारतीय नागरिकता ऐन, १९५५ को धारा ९ ९२० अन्तर्गत राहुल गान्धीको भारतीय नागरिकता रद्द गर्न पनि माग गरेका छन्।
निवेदनमा उनले आफ्नो बेलायती नागरिकता लुकाएर रायबरेलीबाट चुनाव लडेको उल्लेख गरिएको छ। त्यसैले उनको चुनाव पनि रद्द गरिनुपर्ने माग निवेदकले गरेका छन्। यो प्रमाणित भयो भने राहुल गान्धीले सांसद पदसमेत जान सक्छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

फिफा विश्वकप २०२६ : अर्जेन्टिना अपराजित यात्रा कायम राख्ने लक्ष्यमा, पोर्चुगल–कोलम्बिया भिडन्तमा सबैको नजर

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

हर्मुजको जलडमरूमा फेरि तनाव: कार्गो जहाजमाथि हमलापछि अमेरिका र इरान आमनेसामने

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu