काठमाडौं १३ चैत । अर्घाखाँचीको भुवनपाटामा बुधबार साँझ भएको बस दुर्घटनामा तीनको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।
शितगङ्गा नगरपालिका–२ सितापुरको भुवनपाटामा लु २ ख ३०३ नं को बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्युु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए।
उनका अनुसार घाइतेमध्ये सात जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल र आठ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा पठाइएको छ।
प्रहरी निरीक्षक पौडेलले घटनाका बारेमा अनुसन्धान भइरहेको जनाउँदै उद्धार कार्य पनि भइरहेको बताए। रासस
प्रतिक्रिया दिनुहोस्