ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यमनमा हुथी विद्रोहीमाथि अमेरिकी आक्रमणबारे गोप्य सूचना चुहावटको दोष राष्ट्रिय सुरक्षा सल्लाहकारलाई


एबीसी न्यूज
१३ चैत्र २०८१, बिहिबार   ७ : ५२   बजे

काठमाडौं १४ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनमा हुथी विद्रोहीमाथि गर्न लागेको आक्रमणबारेको गोप्य सूचना चुहावट भएको घटनाको जिम्मेवारी राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले लिनुपर्ने बताउनुभएको छ ।

ट्रम्पका आफ्नै नजिकका अधिकारीले भुलबस द एट्लान्टिक पत्रिकाका सम्पादक जेफ्री गोल्डबर्गलाई शीर्ष अमेरिकी अधिकारीहरूसँग भइरहेको ग्रुप च्याटमा आमन्त्रित गरेपछि घटनामा ट्रम्पको समेत आलोचना भइरहेको छ । तर ट्रम्पले यसबारे आफूलाई केही जानकारी नभएको र सम्पूर्ण जिम्मेवारी वाल्ट्जले लिनुपर्ने बताउँदै आउनुभएको बीबीसीले जनाएको छ ।

राष्ट्रपति ट्रम्पले दुई महिनामा आफ्नो प्रशासनको यो एक मात्र गल्ती भन्दै आफ्नो बचाउ गरिरहनुभएको छ ।

यसैबीच, ह्वाइट हाउसका प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले गोप्य सूचना चुहावटको सन्दर्भमा पत्रकार गोल्डबर्गलाई ट्रम्प विरोधीको घोषणा गर्दै उहाँलाई कारबाही हुनुपर्ने बताउनुभएको छ । तर गोल्डवर्गले पत्रिका र पत्रकारलाई दोष लगाउनुको सट्टा ह्वाइट हाउसकै लापर्बाहीले घटना भएको भन्दै सिग्नल सुरक्षाबारे सोच्नुपर्ने बताउनुभएको बीबीसीले उल्लेख गरेको छ ।

द एट्लान्टिकले ग्रुप च्याटका सन्देशहरूको आधारमा यस महिनाको शुरूमा रक्षा सचिव पिट हेगसेथले यमनमा अमेरिकी हवाई हमलाको बारेमा जानकारी साझा गरेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलको निधन

घारखोला जलविद्युत् आयोजनामा पहिरो : एक जनाको मृत्यु, एक घाइते

सम्बन्धित

इरानी राष्ट्रपति र सर्वोच्च नेताबीच सात घण्टा छलफल, एकतामा जोड

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, १११ जनाको मृत्यु

सिरियामा रुसी सैन्य बेसको भविष्य तय, संयुक्त तालिम केन्द्रमा परिणत हुने

मोसादका दुई वरिष्ठ अधिकारी बर्खास्त, इरान सरकार ढाल्ने योजना असफल भएको दाबी

उत्तर कोरियाली क्षेप्यास्त्र गतिविधिपछि दक्षिण कोरिया–अमेरिका संयुक्त सैन्य अभ्यास गर्दै

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu