ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीनकुनेमा गरिएका आक्रमण, लुटपाट र आगजनी निन्दनीय- उद्योग वाणिज्य महासंघ


एबीसी न्यूज
१५ चैत्र २०८१, शनिबार   ११ : २३   बजे

काठमाडौं १६ चैत । नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार राजावादी प्रदर्शनका क्रममा व्यावसायिक र व्यापारिक प्रतिष्ठानमा भएको आगजनी र लुटपाटको भर्त्सना गरेको छ।

शनिबार विज्ञप्ति जारी गरी महासंघले प्रदर्शनका नाममा निजी तथा सार्वजनिक सम्पत्तिमा गरिएका आक्रमण, लुटपाट, आगजनीलगायत गतिविधिप्रति गम्भीर आपत्ति जनाएको हो।

शुक्रबार काठमाडौँको तीनकुनेमा राजावादीले गरेको हिंसात्मक आन्दोलनमा परी २ जनाको ज्यानसमेत गएको छ।

उद्योग वाणिज्य महासंघले आन्दोलनरप्रदर्शनका नाममा सर्वसाधारण एवं उद्यमी व्यवसायीको पेसा, व्यवसाय गर्न पाउने नैसर्गिक अधिकार हनन गरिएको उल्लेख गरेको छ।

२०८१ चैत्र १५ गते काठमाडौँमा भएको आन्दोलन प्रदर्शनका क्रममा मानवीय क्षतिसँगै धनजनमा भएको आक्रमण निकै दुस्खद छू महासंघले भनेको छ, आन्दोलनरप्रदर्शनका क्रममा ज्यान गुमाएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पणसहित परिवारजनमा समवेदना व्यक्त गर्दै घाइते सबैको स्वास्थ्य लाभको कामना गर्दछौँ।

सर्वसाधारणको निजी जायजेथा, मिडिया हाउस, व्यावसायिक प्रतिष्ठान, कार्यालय र अन्य व्यापारिक गतिविधिमा आक्रमण, आगजनी, लुटपाटलगायत हिंस्रक घटनाबाट ठूलो क्षति पुगेकामा भर्त्सना गर्दै क्षतिपूर्ति हुनुपर्ने माग महासंघले गरेको छ।

संविधानप्रदत्त अधिकारभित्र रहेर आफ्ना माग राख्न पाइए पनि हिंस्रक आन्दोलन एवं प्रदर्शनका साथै लुटपाट, आगजनी, धनजनको क्षति र व्यक्तिगत सम्पत्ति माथिको आक्रमण निन्दनीय छू महासंघले भनेको छ, ूकुनै पनि स्वरूपमा हुने यस प्रकारका घटनाप्रति नेपाल उद्योग वाणिज्य महासंघ घोर निन्दा र भर्त्सना गर्दछ। साथै महासंघ सार्वजनिक सुरक्षा सुनिश्चित गर्न र यस्ता घटनाहरूको पुनरावृत्ति रोक्न सम्बन्धित सबैमा आग्रह गर्दछ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देवानगञ्ज घटनाका मृतक रवीन्द्र मेहतालाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाइने

रास्वपा विवादमा गोकुल बास्कोटाको व्यंग्य : ‘सत्ताको जेट सधैँ टर्बुलेन्समा किन पर्छ, रविजी?’

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu