ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ज्ञानेन्द्र शाह विदेश भाग्दैनन्: सगुन लावती


एबीसी न्यूज
१६ चैत्र २०८१, आइतबार   ११ : ५१   बजे

काठमाडौं १७ चैत । चैत १५ गते काठमाडौंको तीनकुनेमा पत्रकारसहित २ जनाको ज्यान जाने गरी भएको हिंसात्मक प्रदर्शनका मुख्य योजनाकार पूर्वराजा ज्ञानेन्द्र शाह नै भएको भन्दै सरकारले उनीविरुद्ध निगरानी बढाएको छ।

यस क्रममा सरकारले शाहको सुरक्षामा खटिएको टोली परिवर्तन गर्दै सुरक्षाकर्मीको संख्या पनि घटाएको छ।

शुक्रबार मध्यराति शाहको सुरक्षामा खटिएको २६ जनालाई फिर्ता बोलाएर नयाँ १६ जना पठाइएको सशस्त्र प्रहरी प्रधान कार्यालय स्रोतले नेपालखबरलाई जानकारी दिएको छ।

यसैगरी सरकारले पूर्वराजा शाहलाई विदेश जानबाट रोक्न भनी राहदानी रद्द गर्ने तयारी थालेको खबर पनि सार्वजनिक भइरहेको छ।

यसैबीच उनलाई सरकारले अघोषित नजबरन्दमा राखिसकेको चर्चा पनि चल्न थालेको छ।

यस विषयमा नेपालखबरले आइतबार बिहान राप्रपाका प्रवक्ता सगुनसुन्दर लावतीसँग जिज्ञासा राखेको छ।

जवाफमा उनले आफूले पनि मिडियाबाट सुनेको तर अहिलेसम्म आधिकारिक जानकारी आइनसकेको बताए।

‘मैले पढेँ न्युजमा, अब यसैलाई आधिकारिक मान्ने किरु सरकारले नोटिस निकाल्नुपर्नेरु सरकारले उहाँहरूलाई पत्र दिनुपर्ने, त्यस्तो गरेको छैन। प्रोपोगन्डा हो कि साँच्चै हो, मलाई थाहा भएन’, उनले भने।

राजसंस्था पुनःस्थापना गर्ने आन्दोलनका लागि गठित संयुक्त जनपरिचालन समितिका संयोजक नवराज सुवेदीलाई भने घटनाकै दिन चैत १५ देखि सरकारले घरमै नजरबन्दमा राखेको उनले बताए। ‘नवराज सुवेदीलाई अस्तिबाट हाउस अरेस्ट गरिएको छ, उहाँले विज्ञप्ति पनि जारी गरिसक्नुभएको छ।’

यस क्रममा उनले पूर्वराजा शाह विदेश भाग्छन् भनेर सरकारले उनको राहदानी रद्द गर्ने प्रक्रिया अघि बढाउनु ठीक नभएको टिप्पणी पनि गरे।

‘विदेश भाग्न लाग्या भनेर राहदानी रद्दको प्रक्रिया अघि बढाएको भन्ने पनि रहेछ, त्योचाहिँ मिलेन। उहाँ श्रीपेच छाडेर, नासो जिम्मा लगाएर त नेपालमै बस्नुभयो भनेरु त्यो तर्कचाहिँ सरकारको मिलेन’, उनले भने।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

सम्बन्धित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

अमेरिका–टर्की खेलको रोमाञ्चक सुरुवात, पहिलो १० मिनेटमै १–१ को बराबरी

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu