ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीनकुने घटनाको विस्तृत विवरण गृहमन्त्रीले संसद्‌मा प्रस्तुत गर्ने


एबीसी न्यूज
१७ चैत्र २०८१, सोमबार   ६ : ४४   बजे

काठमाडौं १८ चैत । चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादी समूहले गरेका हिंसा, तोडफोड, आगजनी र लुटपाटको विस्तृत विवरण गृहमन्त्री रमेश लेखकले संसद्‌मा प्रस्तुत गर्ने भएका छन्।

सोमबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले तीनकुने घटनाको अनुसन्धान गरिरहेको र यसको विस्तृत विवरण गृहमन्त्रीले सदनमा प्रस्तुत गर्ने जानकारी दिएका हुन्। तर समय उनले तोकेनन्।

‘घटनामा संलग्नहरूमाथि जोसुकै होउन्, जुनसुकै कभरमा किन नहोउन्, कडा प्रशासनिक कारबाही हुन्छ’, उनले भने, ‘घटनाको विस्तृत विवरण उपयुक्त समयमा गृहमन्त्रीज्यूले यस सदनमा राख्नु हुनेछ।’

घटनामा संलग्नहरूबारे छानबिन सुरु भएको जानकारी दिँदै प्रधानमन्त्री ओलीले यसका योजनाकार को हुन् र को को संलग्न छन् भन्ने विषयमा सरकारले अनुसन्धान गरिरहेको बताए।

राजसंस्था पुनस्स्थापनाका लागि भन्दै राजावादी समूहले चैत १५ गते तीनकुेनमा गरेको प्रदर्शनका क्रममा पत्रकारसहित २ जना मारिए भने तोडफोड, आगजनी र लुटपाट गर्दा करोडौँको क्षति भएको छ।

त्यसको भोलिपल्ट बिहान गृहमन्त्री लेखक क्षतिको स्थलगत अनुगमन गर्न घटनास्थल तीनकुने पुगेका थिए। त्यसपछि उनले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका केन्द्रीय कार्यालयको अवलोकन गरेका थिए।

चैत १५ गते राजावादीको अराजक समूहले एकीकृत समाजवादीको पार्टी कार्यालयमा पनि तोडफोड गरेको थियो भने सुरक्षाकर्मीका कारण माओवादी केन्द्रको कार्यालयमा भने आक्रमण गर्न पाएन।

प्रदर्शनमा हिंसाका लागि निर्देशन दिएका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासहित ४१ जनालाई भने प्रहरीले हिरासतमा राखेर मुद्दा चलाएको छ।

त्यस प्रदर्शनका लागि जनकमान्डर तोकिएका दुर्गा प्रसाईं भने त्यही दिनदेखि फरार छन्। प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

सम्बन्धित

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

इक्वेडरको ऐतिहासिक जित : जर्मनीलाई २–१ ले हराउँदै २० वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group