ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागमती सरकार, तीन घण्टा लामो सर्वदलीय बैठक निष्कर्षविहीन


एबीसी न्यूज
१८ चैत्र २०८१, मंगलबार   १ : ४२   बजे

काठमाडौं १९ चैत । बागमती प्रदेशसभाको बैठक स्थगित हुने सम्भावना बढेको छ। आज बिहान बसेको बागमती प्रदेश सभाको सर्वदलीय बैठकमा दलहरूबीच सहमति नजुट्दा प्रदेशसभा बैठक स्थगित हुने सम्भावना बढेको हो।

प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलगायत अन्य दलले विगतमा भएको बजेटको सहमति कार्यान्वयन नभए सदन चल्न नदिने अडान राखेका छन्।

तीन घण्टा चलेको सर्वदलीय बैठकमा सहमति नजुटेको प्रतिपक्षी दल नेपाल मजदुर किसान पार्टीका संसदीय दलका नेता सुरेन्द्रराजको गोसाइँले जानकारी दिए।

लामो समय सर्वदलीय बैठक बस्यो तर नेमकिपाबाहेक दलहरूको सहमति जुटेको छैन, उनले भने।

यता राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पनि संसद् अवरोध गर्ने बताउँदै आएको छ। जसकारण आज दिउँसो १ बजे सुरु हुने भनिएको प्रदेशसभा बैठक अन्योल देखिएको छ।

सात राजनीतिक दलको प्रतिनिधित्व रहेको बागमती प्रदेशसभामा सातवटै दलका संसदीय दलका नेताहरूको उपस्थिति रहेको थियो।

११० प्रदेश सभा सदस्य रहेको बागमती प्रदेश सभामा नेपाली काङ्ग्रेसका ३७ नेकपा एमालेको २७, नेकपा माओवादी केन्द्रको २१, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० को १३, नेपाल मजदुर किसान पार्टीको ३, नेकपा एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ सिट छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देवानगञ्ज घटनाका मृतक रवीन्द्र मेहतालाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाइने

रास्वपा विवादमा गोकुल बास्कोटाको व्यंग्य : ‘सत्ताको जेट सधैँ टर्बुलेन्समा किन पर्छ, रविजी?’

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu