ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निजी मेडिकल कलेजका २ हजारभन्दा बढी आवासीय चिकित्सक काम छाडेर धर्नामा


एबीसी न्यूज
२० चैत्र २०८१, बिहिबार   २ : २२   बजे

काठमाडौं २१ चैत । निजी मेडिकल कलेजका आवासीय चिकित्सकले आज चैत २१ गते देखि सेवा बहिष्कार गरेका छन्।

स्नातकोत्तर तह ९पीजी० अध्ययन गर्ने चिकित्सकले आठौँ तह बराबरको निर्वाह भत्ता नपाएको भन्दै आजदेखि काम छाडेका हुन्।

यसअघि स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिले तोकिएको निर्वाह भत्ता प्रदान गर्न २४ घण्टे अल्टिमेटम दिएको थियो।

तर अल्टिमेटमभित्र पनि निर्वाह भत्ता नपाएपछि संघर्ष समितिले देशभरका १७ वटा निजी मेडिकल कलेजमा एमडी, एमएस, एमडीएस गर्ने आवासीय चिकित्सकले माग पूरा नभएसम्मका लागि आकस्मिकबाहेक सबै सेवा बहिष्कार गर्ने जानकारी विज्ञप्तिमार्फत दिएको हो।

समितिका अध्यक्ष डा। शेषराज घिमिरेले चिकित्सा शिक्षा आयोगको १६औँ बैठकले गरेको निर्णयबमोजिम आठौँ तह बराबरको निर्वाह भत्ता नपाएपछि आवासीय चिकित्सक सेवा बहिष्कार गर्न बाध्य भएको बताएका छन्।

अध्यक्ष घिमिरेका अनुसार आजदेखि झन्डै २५ सय चिकित्सकले सेवा बहिष्कार गरेका छन्।

स्नातकोत्तर गर्ने पहिलो, दोस्रो र तेस्रो वर्षका आवासीय चिकित्सकले आकस्मिकबाहेक सेवा छाडेर अस्पताल परिसरमा धर्ना दिएका छन्।

चिकित्सा शिक्षा आयोगले निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई ४८ हजार ७३७ रुपैयाँ निर्वाह भत्ता दिने निर्णय गरेको थियो।

आयोगको निर्णयपछि काठमाडौँ विश्वविद्यालयले आफूमातहतका मेडिकल कलेजलाई निर्वाह भत्ता दिन निर्देशन दिएको थियो।

तर निजी मेडिकल कलेज सञ्चालकले भने आवासीय चिकित्सकलाई निर्वाह भत्ता नबढाउने अडान लिएका छन्।

यसपछि चिकित्सा शिक्षा आयोगले यस वर्ष १७ वटा कलेजको स्नातकोत्तर तहको सिट कटौती गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group