ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोठामा बसेर निर्देशन नदिन बालेनलाई उपमेयर सुनिता डंगोलको चेतावनी


एबीसी न्यूज

काठमाडौं २१ख चैत । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले कोठामा बसेर निर्देशन नदिन प्रमुख बालेन साहलाई चेतावनी दिएकी छन् । प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न नदिन बालेनले नगर प्रहरी परिचालन गरेपछि हरेक घटनाक्रबारे आफू जानकार रहेको भन्दै कोठामा बसेर निर्देशन नदिन मेयर साहलाई उनले चेतावनी दिएकी हुन्।

‘मन्त्रालयबाट पठाएपछि प्रमुख प्रशासकीय अधिकृत हाजिर गर्न आउनुभएको छ,’ उनले भनिन्, ‘उहाँ हाजिर गर्न आउँदा यो झडपको अवस्था हुनु राम्रो कुरा होइन । कर्मचारी–कर्मचारीबिच लडाईँ हुनु पनि राम्रो होइन ।’

महानगरवासीको हित चाहने सबै एकजुट हुनुपर्ने उनले बताइन् । ‘यो तमासा हामीले हेर्नुपर्ने रु मेयरको आदेश हो भने मेयर अघि आउनुपर्छ । होइन भने कोठामा बसेर आदेश दिन पाइँदैन । पहिला आजको विषय समाधान गर्छौं । त्यसपछि बोर्ड बैठक बस्छौँ । आजका लागि यो समस्या समाधान गर्नुपर्छ ।’

नगर प्रहरीको अवरोधबीच अहिले मेयर साहबिनै बैठक बसिरहेको छ । अनौपचारिक बैठकमा उपप्रमुख डंगोलले मेयर साहको चर्को आलोचना गरिन् ।

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ साढे तीन महिनापछि कार्यालयमा हाजिर भएका छन् ।

गुरागाईंलाई कार्यालयमा हाजिर हुने वातावरण बनाई दिन भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पत्र पठाएको एक महिनापछि अवरोधबीच हाजिर भएका हुन् ।

उनलाई कार्यालय पठाउन उपप्रमुख सुनिता डंगोल, अधिकांश कार्यपालिका सदस्य, वडाध्यक्ष र कर्मचारीले साथ दिएका थिए ।

मेयर बालेन साहले गुरागाईंलाई अवरोध गर्न नगरप्रहरी परिचालन गरे पनि अवरोध छिचोल्दै उनी कार्यालय प्रवेश गरेका हुन् । कार्यालय प्रवेश गरेपछि पनि ताला फोड्न लगाइएको थियो । मेयर बालेन भने कार्यालयमा छैनन् ।
संस्थाभित्र मनमुटाव हुन नहुने भन्दै प्रमुख प्रशासकीय अधिकृत दोषी प्रमाणित भए कारवाही गर्न तयार रहेको उनले बताइन् । ‘त्यसैले उहाँलाई हाजिर गर्ने व्यवस्था गर्नुपर्छ । हजारौँ कर्मचारी र लाखौँ काठमाडौंवासीले दुःख पाएका छन् । क्यान्सर पीडितलाई पनि हामीले पैसा दिन सकेका छैनौँ । अझै छानबिन गर्नुपर्ने भए गर्ने हो । तर, यो पीडामा राख्नु हुँदैन ।’

काठमाडौं महानगरका प्रवक्ता नविन मानन्धरलगायत सबै वडाध्यक्षले पनि मेयर साहको चर्को आलोचना गरेका थिए ।

नगरप्रहरी प्रमुख राजु पाण्डेलाई उपप्रमुख डंगोलले ताला किन लगाएको भनेर प्रश्न गर्दा उनले गोलमटोल जवाफ दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com