ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गुरागाईं भ्रष्टाचारी नै हुन्, यसको जिम्मा उपमेयर डंगोलसहितले लिनुपर्छ-बालेन सचिवालय


एबीसी न्यूज

काठमाडौं २१ चैत । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनको सचिवालयले आज बिहीबार जबर्जस्ती कार्यालयमा हाजिर गरेर निस्किएका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं भ्रष्टाचारी भएको आरोप लगाएको छ।

बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले भ्रष्टाचारमा संलग्न व्यक्तिलाई महानगरमा स्वागत गरिएको भन्दै आपत्ति जनाए।

आज बिहीबार उपप्रमुख सुनिता डंगोल, अधिकांश वडा अध्यक्ष र कर्मचारीहरूले गुरागाईंलाई महानगर कार्यालयमा स्वागत गरेका थिए।

उहाँ गुरागाईं यहाँ भएको गतिविधि रिपोर्टिङ गर्न मन्त्रालय गइसक्नु भयो। आज भ्रष्टाचारमा संलग्न भएको व्यक्तिलाई संरक्षण गरियो, बालेनका प्रमुख स्वकीयले भने, गुरागाईं दोषी देखिनु नै हुन्छ। त्यसपछि उहाँहरूले यसको जिम्मा उपमेयरसहितले लिनुपर्छ।

उनले उपप्रमुखसहित केही जनप्रतिनिधिहरू र केही कर्मचारी भ्रष्टाचारीलाई जोगाउन संलग्न भएको आरोप लगाए।

जनप्रतिनिधिहरू, निजामती पोषाकधारी कमर्चारीहरू यसमा संलग्न हुनु भएको छ, उनले भने, जनताको माझ पुगिसकेको कुरा जनताले थप चिन्ने मौका पाए।

त्यस्तै आज उपप्रमुख डंगोलले बैठक राखेको सुनिएको तर विषय थाहा नभएको उनले बताए। त्यस्तै प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षको ताला बालेन शाहले लिएर जानु भएको होरु भन्ने प्रश्नमा उनले यसमा सत्यता नभएको दाबी गरे।

महानगरको एउटा जिम्मेवार पद भएको व्यक्तिको एकल कार्यकक्ष हुन्छ। कार्यकक्षमा महत्त्वपूर्ण कागजात हुन्छ त्यसको संरक्षण गर्ने दायित्व महानगरकै हो, उनले भने, कर्मचारी कार्यालय नभएको अवस्थामा कार्यकक्षको ढोकामा ताला लगाइएकै हुन्छ। भएको त्यत्ति हो। मेयरले साँचो बोकेर हिँड्दैन।

काठमाडौँ महानगरका प्रमुख बालेन स्वतन्त उम्मेदवारी दिएर निर्वाचित हुन् भने उपप्रमुख सुनिता एमालेबाट उम्मेदवार बनेर निर्वाचित भएकी हुन्।

१०४ दिनमा कार्यालय पुगेका थिए गुरागाईं
गुरागाईँ ३ महिना १४ दिनपछि आज कार्यालय पुगेका हुन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईँलाई काठमाडौं महानगरपालिकामै हाजिर गर्ने वातावरण बनाइदिन भन्दै एक महिनाअघि पत्र पठाएको थियो।

प्रमुख प्रशासकीय अधिकृतलाई मेयरले नै कार्यकक्षमा प्रवेश गर्न रोक लागाएपछि बोर्ड बैठक हलमा उपप्रमुख सुनीता डंगोल, वडाध्यक्षहरू सबै बैठक बसेका थिए।

अनौपचारिक बैठकमा उपप्रमुख डंगोलले प्रमुख शाहको चर्को आलोचना गरिन्। ‘कसैको मनमुटाव होला। जनप्रतिनिधि भएकाले हामी आम नागरिकको सेवामा तल्लीन हुनुपर्छ,’ उनले भनिन्,‘मन्त्रालयबाट पठाएपछि प्रमुख प्रशासकीय अघिकृत हाजिर गर्न आउनुभएको छ।उहाँ हाजिर गर्न आउँदा यो झडपको अवस्था हुनु राम्रो कुरा होइन। कर्मचारी–कर्मचारीबीच लडाइँ हुनु पनि राम्रो होइन।’

उनले यस्तो मनमुटाव संस्थाभित्र हुन नहुने भन्दै प्रमुख प्रशासकीय अघिकृत दोषी प्रमाणित भएको अवस्थामा कारबाही गर्न तयार रहेको धारणा पनि राखिन्।

बालेनले लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोक लगाएका कारण कर्मचारीहरूको नियमित तलबसमेत रोकिएको थियो। त्यसबाट कर्मचारीहरू असन्तुष्ट बनेका थिए। गुरागाईँ कार्यालय पुग्दा केही कर्मचारीहरूले बालेनविरुद्ध नाराबाजी गरेका थिए।

काठमाडौँ टावर निर्माण अनुमतिलाई लिएर गुरागाईंसँग महागनर प्रमुख बालेनको विवाद चर्किँदै गएपछि अहिलेको अवस्था सिर्जना भएको हो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com