ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीनकुने घटनामा क्षति भएको भन्दै ४३ पीडितले गरे झण्डै ५ करोडको बिमा दाबी


एबीसी न्यूज
२० चैत्र २०८१, बिहिबार   ९ : २९   बजे

काठमाडौं २१ चैत । चैत १५ गते राजावादी प्रदर्शनका क्रममा भएको भौतिक क्षतिमा ४ करोड ८७ लाख बराबरको बिमादाबी परेको छ।

नेपाल बिमा प्राधिकरणका अनुसार चैत २० गतेसम्म ११ वटा बिमा कम्पनीहरूमा कुल ४ करोड ८७ लाख ६८ हजार रुपैयाँबराबरको वास्तविक दाबी परेको हो।

इन्जिनियरिङ तथा ठेकेदार जोखिम बिमालेख, मोटर बिमा, सम्पत्ति बिमा र विविध गरी ४ प्रकारका बिमालेखहरूमा ४३ वटा दाबी परेको छ।

कुल दाबी परेको रकममध्ये ४५ हजार रुपैयाँ मात्रै दाबी भुक्तान भएको छ। शिखर इन्स्योरेन्सले उक्त भुक्तानी गरेकोबाहेक अन्य १० वटा बिमा कम्पनीहरूले दाबी भुक्तानी नगरिसकेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार उक्त आन्दोलनबाट क्षति पुगेका व्यक्तिगत तथा व्यावसायिक आवास, मोटरलगायतका विवध सम्पत्तिहरूको क्षतिपूर्तिका लागि पीडितले ११ वटा बिमा कम्पनीमा दाबी भुक्तानी माग गरेका थिए।

जसमा सबैभन्दा धेरै बिमादाबी राष्ट्रिय जीवन बिमा कम्पनीमा परेको छ। यो कम्पनीमा १ करोड २७ लाख रुपैयाँबराबरको २ वटा बिमा दाबी परेको हो। योबाहेक सिद्धार्थ प्रिमियन इन्स्योरेन्समा १ करोड १७ लाख रुपैयाँबराबरको ९ वटा दाबी पर्दा नेको इन्स्योरेन्समा ५२ लाख रुपैयाँ बराबरको ४ वटा दाबी परेको हो।

यस्तै दि ओरियन्टल इन्स्योरेन्समा ४७ लाख ४० हजार रुपैयाँबराबरको एउटा दाबी पर्दा सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ६८ लाख ९१ हजार रुपैयाँको ५ वटा दाबी परेको हो।

यस्तै नेशनल इन्स्योन्समा २० लाख रुपैयाँको ११ वटा बिमादाबी पर्दा हिमालयन एभरेष्टमा १६ लाख रुपैयाँको एउटा र शिखर इन्स्योरेन्सको १३ लाख रुपैयाँको ५ वटा बिमादाबी परेको छ। शिखर इन्स्योरेन्सले भने दाबी परेको ५ वटा बिमामध्ये ३ वटा बिमाउपर दाबी भुक्तानी गरिसकेको छ।

प्राधिकरणका अनुसार शिखर इन्स्योरेन्सले ४५ हजार रुपैयाँ बराबरका ३ वटा दाबीमा भुक्तानी दिइसकेको छ।

योबाहेक आईजीआई प्रुडेन्सियलमा १४ लाख ६० हजार रुपैयाँबराबरको ४ वटा बिमादाबी परेको थियो भने नेपाल इन्स्योरेन्समा ८ लाख ७१ हजार रुपैयाँबराबरको एउटा र प्रभु इन्स्योरेन्समा ५० हजारबराबरको एउटा बिमादाबी परेको थियो।

कुल ११ वटा कम्पनीमा १५ गतेको घटनाबाट ४ करोड ८७ लाख ६८ हजार रुपैयाँबराबरका ४३ वटा बिमादाबी परेका थिए। जसमा शिखर इन्स्योरेन्सबाहेक अन्यले भुक्तानी गर्न बाकी छ।

गत चैत १५ गतेको प्रदर्शनमा मानवीयसँगै भौतिक क्षति भएको थियो। भौतिक क्षतिअन्तर्गत बिमा गरेका सम्पत्तिउपर भने करिब ५ करोड बराबरको बिमादाबी परेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

इक्वेडरको ऐतिहासिक जित : जर्मनीलाई २–१ ले हराउँदै २० वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group