ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालाजुमा एक लाख लिटर पानी भण्डारण क्षमताको जुद्ध वारुणयन्त्रको शुभारम्भ


एबीसी न्यूज
२२ चैत्र २०८१, शनिबार   ४ : १८   बजे

काठमाडौं २३ चैत । काठमाडौँ महानगरपालिकाले बालाजु औद्योगिक क्षेत्र प्रवेश मूलद्वारसँगै एक लाख लिटर पानी भण्डारण क्षमताको जुद्ध वारुणयन्त्र शाखा कार्यालय भवन सञ्चालनमा ल्याइएको छ।

उक्त भवनको भूइँतलामा ८० हजार लिटर र छतमा २० हजार लिटर गरी एक लाख लिटर पानी भण्डारण क्षमताको भवन यही चैतदेखि सञ्चालनमा रहेको कामपा विपद् व्यवस्थापन विभागका प्रमुख जगदीश अर्यालले जानकारी दिए।

प्रमुख अर्यालका अनुसार २०८० पुस १८ गते शिलान्यास भवन निर्माणको अवधि २०८१ फागुन मसान्तसम्म थियो। विसं २०७९ मङ्सिर २६ गते २८औँ महानगर दिवसको अवसर पारेर यस ठाउँबाट दमकल सेवा शुभारम्भ गरिएको थियो।

क्षेत्रगत विपद्मध्येको आगलागी काठमाडौँका लागि प्रमुख समस्या बनेको छ। सहरी विकास अनियन्त्रित हुँदा सहरका सबै ठाउँमा अग्नि नियन्त्रणका लागि दमकल लैजान सक्ने अवस्था नरहेको पनि कामपाको भनाइ छ। दमकल पुग्ने ठाउँका लागि तीन वटा दमकल खरिद गर्ने तयारी गरिएको पनि कामपाको भनाइ छ।

जुन ठाउँमा ठूला दमकल जान सक्दैनन् त्यस्ता ठाउँका लागि साना दमकल खरिद गर्ने योजनामा कामपा रहेको छ। पछिल्लो समय कामपाले साना–साना गल्लीमा हुने आगोलागी नियन्त्रणको लागि फायर ड्राइराइजर जडानको काम तीव्र रुपमा अघि बढाइरहेको छ।

कामपामा आगलागी हुँदा दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीमा ‘ड्राइ राइजर’ जडान गर्न सुरू गरेको कामपाको भनाइ छ। महानगरको विपद् व्यवस्थापन विभागले यस कार्यलाई तीव्ररूपमा अगाडि बढाएको छ, भने केन्द्रीय योजनामा नभएका ठाउँमा वडाहरूले पनि वडाकै बजेटबाट यो प्रणाली जडान गरिरहेको छ।

अहिले कामपाको ६, ७, ९, १३, १७, १८, २१, २५ र २७ मा ‘ड्राइ राइजर’ जडान भइसकेको छ,भने अन्य वडामा पनि आवश्यकताअनुसार उक्त प्रविधि जडानको काम भइरहेको नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले जानकारी दिनुभयो। उहाँका अनुसार कामपाका कतिपय भित्री गल्ली दमकल र एम्बुलेन्स छिर्न नसक्ने किसिमका छन्। साँघुरा गल्लीमा आगलागी वा अन्य विपत्जन्य घटना हुँदा नियन्त्रण कठिन हुने हुँदा उक्त प्रविधि जडान गरिएको हो। रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group