ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाण्डौमा आज पनि वायु प्रदूषण उच्च : विश्वका प्रदूषित शहरमध्ये दोस्रो स्थानमा


एबीसी न्यूज
२३ चैत्र २०८१, आइतबार   ७ : २१   बजे

काठमाडौं २४ चैत । काठमाण्डौमा आज पनि वायु प्रदूषण बढेको छ । विश्वका प्रदूषित शहरको सूचीमा काठमाण्डौ आज दोस्रो स्थानमा छ । बिहान ७ बजे काठमाण्डौको हावाको गुणस्तर मापन सूचक एक्यूआई दुई सय ११ मापन भएको छ । प्रदूषित शहरको शीर्ष स्थानमा भारतको दिल्ली छ ।

दिल्लीको एक्यूआई दुई सय ४९ र तेस्रोमा रहेको पाकिस्तानको लाहोरको दुई सय सात रहेको छ । बिहीवार खतरनाक तह पार गरेर शुक्रवारदेखि केही घटेको काठमाण्डौको प्रदूषण हिजो बेलुकादेखि फेरी बढेको हो । एक्यूआई दुई सय भन्दा माथि जानुलाई अति अस्वस्थ मानिन्छ ।

वायु गुणस्तर मापन सूचक दुई सय भन्दा माथि रहेकोले अति सावधानी अपनाउनुपर्ने डाक्टरहरु बताउँछन् । एक हप्ता अघिदेखि नै बढिरहेको प्रदूषणका कारण अस्पतालमा बिरामीको सङ्ख्या बढेको छ ।

अल्का अस्पतालका छाती रोग विशेषज्ञ डा। अहिस श्रेष्ठले बिरामीको सङ्ख्या निक्कै बढेको बताउनुभयो । वायु प्रदुषणका कारण श्वासप्रश्वाससँग सम्बन्धित समस्याहरु धेरै देखिने गरेका छन् । यस्तै दूषित कणहरु फोक्सोबाट रगत हुँदै शरिरका अरू अङ्गमा समेत पुगेर जटिलता ल्याउने डाक्टर श्रेष्ठको भनाइ छ ।

वायु प्रदूषणले वृद्धवृद्धा, बालबालिका, गर्भवति र सुत्केरीमा धेरै जोखिम हुन्छ । मुटु, मिर्गौला, श्वासप्रश्वास लगायतका दीर्घरोगी पनि उच्च जोखिममा पर्छन् । अहिलेको जटिल समयमा सकेसम्म घरभित्र बस्न र निस्कनै पर्दा मास्क लगाउन डाक्टरको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस एकता नै आफ्नो प्राथमिकता हो : डा. शशांक कोइराला

सिंहदरबारको नाम कसरी रह्यो ? परिवर्तनको बहस फेरि सतहमा

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu