ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘अमेरिकी करकाे प्रभावबाट बेलायती अर्थतन्त्रलाई जोगाउन सरकार हस्तक्षेप गर्न तयार’


एबीसी न्यूज
२३ चैत्र २०८१, आइतबार   ८ : १६   बजे

काठमाडौं २४ चैत । बेलायती प्रधानमन्त्री केअर स्टार्मरले देशको अर्थतन्त्रलाई अमेरिकी करको प्रभावबाट जोगाउनका लागि सरकार हस्तक्षेप गर्न तयार रहेको बताउनुभएको छ ।

बेलायती प्रधानमन्त्री स्टार्मरले केही शुल्कबाट बच्न अमेरिकासँग आर्थिक सम्झौताका लागि जोड दिइरहने बताउँदै बेलायती हितको रक्षा गर्न सरकारले हस्तक्षेप गर्नसक्ने पनि बताउनुभएको बीबीसीले जनाएको छ ।

आफूहरूलाई थाहा भएको संसार समाप्त भइसकेको चेतावनी दिँदै उहाँले बेलायती व्यवसायलाई अमेरिकी करको आँधीबाट बचाउन औद्योगिक नीति प्रयोग गर्न तयार रहेको कुरा टेलिग्राफमा लेख्नुभएको छ ।

प्रधानमन्त्री स्टार्मरले व्यापार युद्धबाट कोही पनि विजयी नहुने भन्ने आफ्नो सरकारको विश्वास दोहोर्याउँदै तत्कालको रणनीति ‘शान्त रहने र सर्वोत्तम सम्झौताका लागि लड्ने’ रहेको बताउनुभयो ।

अमेरिकामा भित्रिने धेरैजसो सामानमा १० प्रतिशत आधारभूत भन्सार शुल्क हिजोदेखि लागू भएको र धेरै देशहरूले यही अप्रिल ९ तारिखदेखि थप उच्च करहरूको सामना गर्नुपर्नेछ । विज्ञहरूले अमेरिकी करले उपभोक्ताहरूका लागि मूल्य बढाउन सक्ने चेतावनी दिइरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने कठोर रहन प्रशासनलाई आग्रह गर्नुभएको छ ।

यसैबीच राष्ट्रपति ट्रम्पको सल्लाहकारका रूपमा कार्यरत र सरकारी खर्च र जनशक्ति घटाउने प्रयासमा पनि अगुवाइ गर्दै आएका अर्बपति व्यापारी एलन मस्कले युरोप र अमेरिका शून्य–भन्सार स्थितिमा ‘आदर्श रूपमा’ सर्नुपर्छ भन्ने कुरामा सहमति भएको बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस एकता नै आफ्नो प्राथमिकता हो : डा. शशांक कोइराला

सिंहदरबारको नाम कसरी रह्यो ? परिवर्तनको बहस फेरि सतहमा

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu