ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आईपीएल क्रिकेट : पन्जाबसँग चेन्नई र लखनउसँग कोलकाता पराजित


एबीसी न्यूज
२६ चैत्र २०८१, बुधबार   ७ : १९   बजे

काठमाडौं २७ चैत । भारतमा चलिरहेको इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा पन्जाब किङ्सले चेन्नई सुपर किङ्सलाई १८ रनले पराजित गरेको छ ।

पन्जाबले दिएको २ सय २० रनको बलियो लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर २ सय एक रन मात्र बनाउन सक्यो ।

चेन्नईका डेभन कनवेले सर्वाधिक ६९ रन बनाए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ६ विकेट गुमाएर २ सय १९ रन बनाएको थियो ।

ओपनर प्रियान्श आर्याले एक सय तीन रनको शतक बनाए । जारी प्रतियोगितामा पन्जाबको तेस्रो जीत र चेन्नईको चौथो हार हो ।

यस जीतसँगै ४ खेलमा ६ अङ्क जोडेको पन्जाब अङ्कतालिकामा चौथो स्थानमा उक्लिएको छ भने ५ खेलमा २ अङ्क मात्र रहेको चेन्नई नवौं स्थानमा छ ।

यस्तै आईपीएल अन्तर्गत हिजो भएको पहिलो खेलमा लखनउ सुपर जायन्ट्सले कोलकाता नाइट राइडर्सलाई चार रनले हराएको छ ।

जीतको लागि २ सय ३९ रनको लक्ष्य पछाएको कोलकाताले २० ओभरमा ७ विकेट गुमाएर २ सय ३४ रन मात्रै बनाउन सक्यो ।

त्यसअघि इडेन गार्डेन्समा टस हारेर ब्याटिङ निम्तो पाएको लखनउले ३ विकेट गुमाएर २ सय ३८ रन बनाएको थियो । मिकेल मार्स र निकोलश पुरनले अर्ध शतक बनाए ।

पाँच खेलमा ६ अङ्कसहित लखनउ पाँचौं स्थानमा र समान पाँच खेलमा ४ अङ्कसहित कोलकाता छैटौं स्थानमा रहेको छ ।

आईपीएलमा आज बेलुका पौने ८ बजे गुजरात टाइटन्स र राजस्थान रोयल्स खेल्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

इक्वेडरको ऐतिहासिक जित : जर्मनीलाई २–१ ले हराउँदै २० वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group