ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आईपीएल क्रिकेटमा गुजरात शीर्ष स्थानमा उक्लियो, राजस्थान ५८ रनले पराजित


एबीसी न्यूज
२७ चैत्र २०८१, बिहिबार   ६ : ४४   बजे

काठमाडौं, २८ चैत्र । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई ५८ रनले हराएको छ ।

जीतसँगै दिल्ली क्यापिटल्सलाई उछिन्दै गुजरात अङ्क तालिकाको शीर्षस्थानमा उक्लिएको छ । हिजोको खेलमा गुजरातले दिएको २ सय १८ रनको लक्ष्य पछ्याएको राजस्थान १९ ओभर २ बलमा सबै विकेट गुमाउँदै १ सय ५९ रनमा अल आउट भयो ।

राजस्थानका सिम्रन हेटमेरले सर्वाधिक ५२ रन बनाए । कप्तान सन्जु सामसनले ४१ र रियान परागले २६ रन जोडे । गुजरातका प्रसिद्ध कृष्णाले ३ विकेट लिए । रसिद खान र साई किशोरले समान २ विकेट लिए ।

त्यसअघि नरेन्द्र मोदी स्टेडियममा पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १७ रन बनाएको थियो ।

गुजरातका साई सुदर्शनले सर्वाधिक ८२ रन बनाए । जस बटलर र शाहरुख खानले समान ३६ रन जोडे । राजस्थानका तुसार देशपाण्डे र महिश थेकसानालेनसमाले समान २ तथा जोफ्रा आर्चर र सन्दीप शर्माले १र१ विकेट लिए ।

गुजरात टाइटन्सको यो चौथो जीत हो । उसले ५ खेलबाट ८ अङ्क बनाएको छ । दोस्रो स्थानको दिल्लीको ६ अङ्क छ । राजस्थानको भने यो तेस्रो हार हो । ५ खेलबाट ४ अङ्क बनाएको राजस्थान सातौं स्थानमा छ ।

आईपीएलमा आज रोयल च्यालेन्जर्स बेङ्गलुरु ९आरसीबी० र दिल्ली क्यापिटल्स खेल्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

अमेरिका–टर्की खेलको रोमाञ्चक सुरुवात, पहिलो १० मिनेटमै १–१ को बराबरी

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu