ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दमकमा जागरण सभा गर्दै एमाले, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने


एबीसी न्यूज
२८ चैत्र २०८१, शुक्रबार   ८ : ५९   बजे

काठमाडौं २९ चैत । संघीयता र गणतन्त्रको रक्षाका लागि भन्दै नेकपा एमाले कोसी प्रदेशले दमकमा जनजागरण सभा गर्ने गर्दै छ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने सभामा प्रदेशभरबाट एक लाखको सहभागिता गराउने एमाले कोसी प्रदेश कमिटीले दाबी गरेको छ।
दमकको पशु हाटमा शनिबार चैत ३० गते हुने सभा कोसी प्रदेशका सबै जिल्लाबाट जनप्रदर्शनमा सहभागी हुने एमाले कोसी प्रदेश प्रचार विभाग प्रमुख लक्ष्मण तिवारीले जानकारी दिए। जागरण सभाको अघिल्लो दिन दमकमा मोटरसाइकल र्‍यालीको आयोजना गरिएको जानकारी दिए।

कार्यक्रम गर्ने स्थलमै शुक्रवार गरेको पत्रकार सम्मेलनमा नेकपा एमाले कोसी प्रदेश इन्चार्ज शेरधन राईले सङ्घीय लोकतान्त्रिक गणतन्त्र माथि औला उठाउने तत्त्वलाई सशक्त खबरदारी गर्न सभाको आयोजना गरिएको जानकारी दिए।

‘हामीले ल्याएको सङ्घीय गणतन्त्र जनताको बलिदान र सङ्घर्षबाट प्राप्त उपलब्ध हो,’ उनले भने, ‘त्यसकै उपलब्धि रक्षाका लागि दमकमा सभा गरिन लागेको छ।’

चैत १५ गते काठमाण्डौमा हिंसा भड्काउने, लुटपाट गर्ने समूहलाई कारबाहीका लागि सरकारको ध्यानाकर्षण गराइने राईले बताए।

‘प्रतिगमनकारी शक्तिहरूलाई हामी जवाफ दिन चाहन्छौँ, परिवर्तनको पक्षमा जनता जुनसुकै मूल्य चुकाउन तयार रहेका छन्,’ राईले भने, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा बलियो जनमत सिर्जना गर्दै सामाजिक आर्थिक रूपान्तरणका लागि नेपाली जनता अग्रगमनको पक्षमा रहेका छन्।’

पछिल्लो समय भएको सबै खाले अराजक गतिविधिलाई निस्तेज पार्न नेपाली जनता सक्षम रहेको बताए।

सभामा झापा, इलाम, मोरङ, सुनसरी, उदयपुरबाट ठुलो सङ्ख्यामा सहभागी रहने एमालेको दाबी छ। यस्तै पहाडी जिल्लाबाट पनि उल्लेख्य सङ्ख्यामा सहभागी रहने उनले जानकारी दिए। पूर्वबाट आउने सहभागीहरूलाई रतुवा पुल पूर्वबाट नै सभा स्थलमा र्‍याली सहित प्रवेश गराइने छ।

यस्तै पश्चिमबाट आउनेहरूलाई पश्चिम स्टेसनबाटै र्‍याली सहित सभामा प्रवेश गर्ने भनिएको छ।

सभामा झापामा रहेका सबै जातिका झाँकी प्रदर्शन हुने छन्। यस्तै विभिन्न कलाकारहरूले समेत प्रस्तुति दिने छन्। सभालाई नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने छन्।

नेकपा एमालेले पछिल्लो समय राजावादीहरूको प्रदर्शनको विषयलाई लिएर विभिन्न प्रदेशमा जागरण सभा गर्दै आएको छ। जागरण सभा मार्फत नागरिकलाई गणतन्त्रको बारेमा र यसका फाइदाको बारेमा जानकारी गराउँदै लोकतन्त्र गणतन्त्र र सङ्घीयतालाई बलियो बनाउने दाबी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group