ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संवैधानिक निकायमा नियुक्तिको लागि कर्मचारीलाई २ वर्षको ‘कुलिङ पिरियड’राख्नु पर्ने शेखरको प्रस्ताव


एबीसी न्यूज
३० चैत्र २०८१, आइतबार   १ : ५३   बजे

काठमाडौं ३१ चैत । नेपाली काँग्रेसका नेता डा।शेखर कोइरालाले उच्च पदस्थ सरकारी कर्मचारीलाई संवैधानिक निकाय, राजदूत वा अन्य सरकारी पदमा नियुक्तिको लागि कम्तीमा पनि दुई वर्षको ‘कुलिङ पिरियड’ राख्नुपर्ने बताएका छन्।

सामाजिक सञ्जालमार्फत् कोइरालाले यसले पारदर्शिता बढाउने र स्वार्थको द्वन्द्वलाई कम गर्न मद्दत पुग्नेसमेत दाबी गरेका छन्।

‘उच्च पदस्थ सरकारी कर्मचारीलाई संवैधानिक निकाय, राजदूत वा अन्य पदमा नियुक्ति गर्दा कम्तीमा दुई वर्षको कुलिङ समय राख्नु पर्छ। यसले पारदर्शिता बढाउने र ‘कन्फिल्क्ट अफ इन्ट्रेष्ट’लाई कम गर्न मद्दत गर्दछ,’ आइतबार सामाजिक सञ्जालमा नेता कोइरालाले लेखेका छन्।

संघीय निजामती सेवा विधेयकमा सरकारी कर्मचारी सेवानिवृत्त भएको दुई वर्षसम्म संवैधानिक वा कूटनीतिक निकायमा नियुक्ति तथा नेपाल सरकारले गर्ने अन्य कुनै निकायमा नियुक्ति लिन नपाउने व्यवस्था प्रस्ताव गरिएको छ।

विधेयकअनुसार रिटार्यड सचिव र सहसचिवले पहिलो २ वर्षसम्म अन्तर सरकारी निकाय वा अन्तर्राष्ट्रिय विकास साझेदारबाहेकका निकायबाट सञ्चालित आयोजनामा कर्मचारी वा परामर्शदाताका रूपमा काम गर्न पनि नपाइने व्यवस्था छ।

विधेयकमाथि संसदीय समितिमा छलफल हुँदा उच्च पदस्थ सरकारी कर्मचारीलाई संवैधानिक निकाय, राजदूत वा अन्य पदमा नियुक्ति गर्दा कुलिङ पिरियडको पक्ष र विपक्षमा बहस भएको थियो। उच्चपदस्थ कर्मचारीहरू कुलिङ पिरियड राख्न नहुने पक्षमा छन्।

त्यसका लागि उनीहरुले विभिन्न ढंगले लविङसमेत गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

सम्बन्धित

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

इक्वेडरको ऐतिहासिक जित : जर्मनीलाई २–१ ले हराउँदै २० वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group