ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कतारमा समाजसेवाका नाममा ठगी मौलायो – प्रथम सचिव क्षत्री


एबीसी न्यूज
३० चैत्र २०८१, आइतबार   १ : ५७   बजे

काठमाडौं ३१ चैत । नेपाली दूतावास कतारका प्रथम सचिव कृशु क्षत्रीले दोहाको नेपाली समाजभित्र राजनीति र समाजसेवाको नाममा ठग गिरोह सक्रिय भएको बताएका छन्।

कतारको आफ्नो दुई वर्षे बसाइको अनुभवबारे बोल्दै क्षत्रीले नेपाली समाजका चल्दापुर्जा प्रमुख तथा प्रतिनिधिहरूले सामाजिक सेवामा भन्दा भाषण, खादा र अनुपयोगी काममा श्रमको कामाइ सिध्याइरहेको आफूले बुझेको बताए।

अर्घाखाँची सेवा समाज कतारले शुक्रबार आयोजना गरेको छैटौँ अधिवेशनको क्रममा मन्तव्य राख्दै प्रमुख अतिथि क्षत्रीले भने, ‘दोहामा नेपालीले नेपालीलाई नै ठगेका घटना, गुनासा दैनिकजसो आउँछन्। त्यो पनि चिनेजानेका अनुहार देख्दा आफैँलाई सरम लाग्छ। तर, उनीहरू भने ङिच्च हाँस्दै बाहिरिन्छन्। जसका लागि सामाजिक संस्थाले काम गर्नुपर्ने थियो उल्टो उनीहरूलाई नै शोषण गर्नु लज्जास्पद छ।’

कतारको दूतावासलाई प्राप्त जानकारी अनुसार यो वर्ष मात्रै ४७ जना नेपालीको मृत्यु भएको र १० जनाले आत्महत्या गरेको जानकारी गराउँदै क्षत्रीले यस्तो अवस्थाको सिर्जना किन भयो भन्ने प्रश्न समाजका अगुवाहरूलाई गरे।

‘एउटा नेपाली नागरिकको मृत्यु भयो तर उसको मृत्युवरण किन र कसरी भयो भन्ने कुरासँग समाज र नेतृत्वहरू बेखबर रहन्छ भने कसरी तपाईँहरूलाई समाजका अगुवा मान्न सकिन्छरु’ क्षत्रीको प्रश्न थियो।

हरेक हप्ता मनोरञ्जनात्मक कार्यक्रम गरिरहनुभन्दा नेपाली श्रमिकसम्म पुगेर श्रमिकमुखी जनचेतनामूलक कार्यक्रम गर्न क्षत्रीले सबै संघसंस्थालाई सुझाव दिए।

वैचारिक भातृ संगठन, सामाजिक अभियन्ता र संघसंस्थजाका अध्यक्षलाई अवैधानिक सामान ओसारपसार र अनियमितता नगर्न अनुरोध गर्दै सम्बन्धित देशको नीति, नियम र कानुन बमोजिम धर्म, संस्कृति, परम्पराको सम्मान गर्दै अगाडि बढ्न उनले सुझाए।

साथै, अप्ठ्याराहरूमा दूतावाससँग समन्वय गर्न समेत उनले आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कानुनले न्याय दिए पनि समाजले स्वीकार्दैन : मधेशमा महिला हिंसापछिको अर्को संघर्ष

राहदानी ऐन संशोधन विधेयक संसदमा दर्ता : रद्ददेखि विदेशमै जैविक विवरण संकलनसम्म नयाँ व्यवस्था

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu