ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कतारमा समाजसेवाका नाममा ठगी मौलायो – प्रथम सचिव क्षत्री


एबीसी न्यूज

काठमाडौं ३१ चैत । नेपाली दूतावास कतारका प्रथम सचिव कृशु क्षत्रीले दोहाको नेपाली समाजभित्र राजनीति र समाजसेवाको नाममा ठग गिरोह सक्रिय भएको बताएका छन्।

कतारको आफ्नो दुई वर्षे बसाइको अनुभवबारे बोल्दै क्षत्रीले नेपाली समाजका चल्दापुर्जा प्रमुख तथा प्रतिनिधिहरूले सामाजिक सेवामा भन्दा भाषण, खादा र अनुपयोगी काममा श्रमको कामाइ सिध्याइरहेको आफूले बुझेको बताए।

अर्घाखाँची सेवा समाज कतारले शुक्रबार आयोजना गरेको छैटौँ अधिवेशनको क्रममा मन्तव्य राख्दै प्रमुख अतिथि क्षत्रीले भने, ‘दोहामा नेपालीले नेपालीलाई नै ठगेका घटना, गुनासा दैनिकजसो आउँछन्। त्यो पनि चिनेजानेका अनुहार देख्दा आफैँलाई सरम लाग्छ। तर, उनीहरू भने ङिच्च हाँस्दै बाहिरिन्छन्। जसका लागि सामाजिक संस्थाले काम गर्नुपर्ने थियो उल्टो उनीहरूलाई नै शोषण गर्नु लज्जास्पद छ।’

कतारको दूतावासलाई प्राप्त जानकारी अनुसार यो वर्ष मात्रै ४७ जना नेपालीको मृत्यु भएको र १० जनाले आत्महत्या गरेको जानकारी गराउँदै क्षत्रीले यस्तो अवस्थाको सिर्जना किन भयो भन्ने प्रश्न समाजका अगुवाहरूलाई गरे।

‘एउटा नेपाली नागरिकको मृत्यु भयो तर उसको मृत्युवरण किन र कसरी भयो भन्ने कुरासँग समाज र नेतृत्वहरू बेखबर रहन्छ भने कसरी तपाईँहरूलाई समाजका अगुवा मान्न सकिन्छरु’ क्षत्रीको प्रश्न थियो।

हरेक हप्ता मनोरञ्जनात्मक कार्यक्रम गरिरहनुभन्दा नेपाली श्रमिकसम्म पुगेर श्रमिकमुखी जनचेतनामूलक कार्यक्रम गर्न क्षत्रीले सबै संघसंस्थालाई सुझाव दिए।

वैचारिक भातृ संगठन, सामाजिक अभियन्ता र संघसंस्थजाका अध्यक्षलाई अवैधानिक सामान ओसारपसार र अनियमितता नगर्न अनुरोध गर्दै सम्बन्धित देशको नीति, नियम र कानुन बमोजिम धर्म, संस्कृति, परम्पराको सम्मान गर्दै अगाडि बढ्न उनले सुझाए।

साथै, अप्ठ्याराहरूमा दूतावाससँग समन्वय गर्न समेत उनले आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com