ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उत्पादनमूलक क्षेत्रमा लगानी बढाउँदै चन्द्र ढकाल, हेटौंडामा बियर उद्योग सञ्चालनको तयारी


एबीसी न्यूज
२ बैशाख २०८२, मंगलबार   ८ : ००   बजे

काठमाडौं २ बैशाख । आईएमई ग्रुपले उत्पादनमूलक उद्योगमा पनि लगानी बढाउन थालेको छ। बैंक तथा वित्तीय क्षेत्रबाट उदाएका व्यवसायी चन्द्र ढकालले उत्पादनमूलक उद्योगमा पनि लगानी विस्तारलाई निरन्तरता दिएका हुन्।

महोत्तरीको गौशालामा कागज उद्योग सुरु गरेका ढकाल हेटौंडामा बियर उद्योग सञ्चालनको तयारीमा छन्। ग्लोबल आईएमई बैंक, आईएमई रेमिट, सातै प्रदेशमा केबलकार तथा होटल व्यवसायमै लक्षित ढकाल उत्पादनमूलक उद्योगमा अग्रसर भएका हुन्।

पछिल्लो समय पर्यटनसँगै अटोमोबाइल, सूचना प्रविधि र ऊर्जा क्षेत्रमा संलग्न रहेको आईएमई ग्रुपले आफ्नो व्यवसायलाई नयाँ क्षेत्रमा विस्तार गर्दै छ।

हेटौंडा औद्योगिक क्षेत्रमा सञ्चालनका लागि उनी साउथ एसियन ब्रुअरीको बहुमत सेयर खरिदको तयारीमा छन्। लाइसेन्स लिएर पनि उत्पादन सुरु नभएको उद्योगको ८० प्रतिशत सेयर लिने गरी प्रस्ताव उद्योग विभागमा पुगेको छ।

‘बियर उद्योगको सेयर खरिद गर्ने विषयमा कुनै निर्णय भइसकेको छैन’, आईएमई गुपका एक अधिकारीले भने, ‘उद्योग विभागमा एउटा प्रस्ताव गएको छ। त्यसमा कुनै प्रगति भएको छैन।’

साउथ एसियन ब्रुअरीको लाइसेन्स ग्यास उद्योगी गोकुल भण्डारीले लिएका थिए। सरकारले बियर उद्योगका लागि नयाँ लाइसेन्स नदिएकाले आईएमई समूहले बहुमत सेयर खरिद गरी उत्पादन सुरु गर्ने तयारी गरेको छ।

गत फागुनमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं आईएमई ग्रुपको लगानी रहेको नेपालकै ठूलो कागज उद्योग सञ्चालनमा आइसकेको छ।

नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज प्रालिले सञ्चालनमा ल्याएको कागज कारखानामा आईएमई ग्रुपको २ अर्ब बढी लगानी छ। २०७८ मा शिलान्यास भएको यो उद्योगले निर्माण सकेर २०८१ पुसदेखि परीक्षण उत्पादन गर्दै आइरहेको थियो।

नेपालमा वार्षिक झण्डै डेढ लाख मेट्रिक टन कागज खपत भइरहेको तथ्यांक छ। नेपालमा कागज उद्योग नहुँदा अहिले सबै कामका लागि आवश्यक कागज आयात गर्नुपर्ने अवस्था रहेकाले निजी क्षेत्रको लगानीमा स्वदेशमै उत्पादन सुरु गर्न लागिएको ग्रुपले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group