ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संवैधानिक नियुक्ति विवादमा भोलि पनि निरन्तर सुनुवाइ


एबीसी न्यूज
७ बैशाख २०८२, आइतबार   ५ : ३४   बजे

काठमाडौं ७ बैशाख । विभिन्न संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्ति विवादमा भोलि सोमबार पनि निरन्तर सुनुवाइ हुने भएको छ।

आज पाँचौँ दिन पनि सुनुवाइ नसकिएपछि भोलि नै पनि सुनुवाइ हुने गरी हेर्दाहेर्दैमा राखिएको सर्वोच्च प्रशासन अदालत प्रशासनले जनाएको छ।

चार वर्ष अघि २ खेपमा गरी नियुक्त भएका ५२ पदाधिकारी जोडिएको यस विवादमा सर्वोच्चको संवैधानिक इजलासमा गत माघ ३० बाट सुनुवाइ चलिरहेको छ।

सरकारका तर्फबाट महान्यायाधिवक्ता रमेश बडालले दिनभर बहस गरे। उनको बहस अझै सकिएको छैन। अरू सरकारी वकिलको पनि बहस बाँकी नै छ।

यसअघि निवेदकका तर्फबाट भने बहस सकिइसकेको छ। संवैधानिक पदाधिकारीहरूको तर्फबाट बहस बाँकी नै छ।

संवैधानिक नियुक्ति विवाद टुंग्याउन कस्सिए प्रधानन्यायाधीश, बुधबार पनि नपर्खी आइतबारै राखियो पेसी
चार वर्षअघि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा दुईपटक गरी ५२ जनालाई अख्तियासहित विभिन्न संवैधानिक आयोगमा नियुक्ति गरिएको थियो। ती नियुक्ति गैरकानुनी रहेको दाबी गरी अधिवक्ता ओमप्रकाश अर्यालले २०७७ पुस १ गते पहिलो रिट निवेदन दायर गरेका थिए। त्योसहित अरू १४ वटा निवेदन यही विषयमा परेका छन्।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

सम्बन्धित

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu