ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुर्गा प्रसाईंको खातामा शंकास्पद कारोबार, सीआईबीले थाल्यो अनुसन्धान


एबीसी न्यूज
८ बैशाख २०८२, सोमबार   ४ : ३१   बजे

काठमाडौं ८ बैशाख । काठमाडौँको तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनका कमान्डर दुर्गा प्रसाईंमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी० ले पनि अनुसन्धान थालेको छ।

शंकास्पद आर्थिक कारोबारका विषयमा अनुसन्धान अगाडि बढाएको सीआईबीका निमित्त प्रमुख चन्द्रकुवेर खापुङले बताए।

प्रसाईंको खातामा अस्वाभाविक शंकास्पद आर्थिक कारोबार देखिएपछि राष्ट्र बैंकले अनुसन्धानका लागि सीआईबीलाई पत्राचार गरेको थियो। सोही पत्रका आधारमा सीआईबीले अनुसन्धान गरिरहेको छ।

प्रसाईंलाई पक्राउ गरेरै अनुसन्धान गर्न सीआईबीले जिल्ला अदालतबाट पनि अनुमति लिइसकेको छ। प्रसाईं भने हाल जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन्। उनलाई तीनकुने घटनाका मुख्य योजनाकारका रूपमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

उनीमाथि राज्यविरुद्धको कसुरसँगै आपराधिक उपद्रव र संगठित अपराधमा अनुसन्धान गर्न अदालतको अनुमति लिएको प्रहरीले ज्यान मार्ने उद्योगमा पनि कारबाही अघि बढाउने तयारी गरिरहेको छ।

उनलाई भारतको आसामबाट प्रहरीले पक्राउ गरेर नेपाल ल्याएको थियो। पहिलोपटक १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद पाएको प्रहरीले अब तीन दिनपछि पुनः म्याद थपका लागि अदालतमा उपस्थित गराउँदै छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

सम्बन्धित

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu