ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेगनासमा सशस्त्रको रेस्क्यु अभ्यास


एबीसी न्यूज
१० बैशाख २०८२, बुधबार   ७ : २०   बजे

पोखरा, १० वैशाख । बेगनास तालमा कम्युनिटी सर्च एन्ड रेस्क्यु तालिम र विपद् प्रतिकार्य नमुना अभ्यास गरिएको छ । गण्डकी प्रदेश सरकारको सहयोग एवं सशस्त्र प्रहरी बल, मुक्तिनाथ बाहिनीको समन्वय र सशस्त्र प्रहरी बल नेपाल कालिका गणको आयोजनामा भएको कार्यक्रम ३ दिनसम्म चलेको थियो ।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जल उत्पन्न प्रकोपसम्बन्धी अभ्यासले सहभागीहरुमा पुनर्ताजगी पैदा गर्नुका साथै थप अभ्यस्त बनाएको बताए । विपद् जस्तो मानवीय संवेदनासँग प्रत्यक्ष जोडिएको विषयमा आवश्यक जुनसुकै साधन स्रोत व्यवस्थापनको लागि प्रदेश सरकार अभिभावकीय भूमिका निर्वाह गर्न हरदम तयार रहेको मुख्यमन्त्री पाण्डेको भनाइ छ ।

विपद्का घटना कम गर्न मद्धत पुगोस् भन्ने उद्देश्यले गण्डकी प्रदेश सरकारले सबै सुरक्षा निकायसँगको समन्वय र सहकार्यमा विपद् नमुना अभ्यास, तालिम, प्रतिकार्य र सामग्री हस्तान्तरणका कार्यक्रममा सहकार्य गर्दै आएको उनले बताए । विपद्को सम्भावित खतरा न्यूनीकरण र विपद्पछिको खोज, उद्धार, उपचार, राहत लगायतका काममा सरोकारवाला सबै एकजुट भएको खण्डमा ठूला विपद्को सहजै सामना र सहजीकरण गर्न सकिने उनले बताए । विपद् व्यवस्थापनका लागि प्रदेश सरकारले वार्षिक रुपमा आर्थिक स्रोतको पनि सुनिश्चतता गर्दै आएको छ ।

प्रदेश सरकारको सहयोगमा फेवातालमा वाच टावर सञ्चालन गरिएको छ भने बेगनास तालमा पनि यस वर्षदेखि वाच टावर निर्माण सुरु भएको छ । विपद्का बेला छिटो उद्धार, उपचार र राहतमा सघाउन सक्ने गरी यस्ता तालिम, प्रशिक्षण दिने, यन्त्र उपकरणहरु सहयोग गर्ने, सुरक्षाकर्मीको मनोबल बढाउने, आवश्यक सामाग्रीहरु सहयोग गर्ने काम प्रदेश सरकारले गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसमा बढ्दो विवादबीच पूर्णबहादुर खड्काको ‘सम्पूर्ण एकता’को अपिल

भृकुटीमण्डपमा नाइमा मोबिलिटी एक्स्पोको तयारी तीव्र, ५५ भन्दा बढी ब्रान्ड सहभागी हुँदै

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu