ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भृकुटीमण्डपमा नाइमा मोबिलिटी एक्स्पोको तयारी तीव्र, ५५ भन्दा बढी ब्रान्ड सहभागी हुँदै


ABC NEWS
२४ श्रावण २०८३, आइतबार   ८ : १५   बजे

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोको तयारी तीव्र पारिएको छ।

एक्स्पोका लागि अहिले भृकुटीमण्डपमा प्रदर्शनी हल, सवारीसाधन राख्ने स्टल तथा अन्य संरचना निर्माणको काम भइरहेको छ। स्टलमा ह्याङ्गर लगाउने, रङरोगन गर्ने तथा प्रदर्शनीस्थललाई आगन्तुकमैत्री बनाउने काम अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ।

गत वर्षको अटो एक्स्पोबाट प्राप्त अनुभवलाई आधार बनाउँदै यस वर्षको संस्करणलाई थप व्यवस्थित, सहज, समावेशी र आकर्षक बनाउने नाइमाले जनाएको छ। आयोजकका अनुसार यसपटक प्रदर्शनीमा ५१ वटा स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुनेछन्।

आइतबार प्रदर्शनीस्थलको तयारी निरीक्षण गर्न नाइमा अध्यक्ष ऋतुसिंह वैद्य आफैँ भृकुटीमण्डप पुगेकी थिइन्। निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले एक्स्पोको तयारी तीव्र गतिमा अघि बढिरहेको बताइन्।

“एक्स्पो तयारी एकदम जोरशोरले चलिरहेको छ। अब त हाम्रो चार–पाँच दिन मात्रै बाँकी छ। भृकुटीमण्डपमा काम सुरु भइसकेको छ। सबै स्टलहरूको ह्याङ्गर लगाउने काम चलिरहेको छ,” वैद्यले भनिन्।

उनका अनुसार एक्स्पोमा सहभागी ५५ वटै ब्रान्ड तयारी अवस्थामा छन्। अब प्रदर्शनीमा सहभागी कम्पनीहरूले आफ्ना उत्पादन तथा प्रविधि प्रस्तुत गर्ने चरणमा प्रवेश गरेका छन्।

वैद्यले एक्स्पोलाई केवल सवारीसाधन प्रदर्शन र बिक्रीको थलोका रूपमा मात्र सीमित नराखी नीतिगत बहसको मञ्चका रूपमा समेत विकास गर्न खोजिएको बताइन्। त्यसका लागि नीति निर्माता तथा सम्बन्धित सरकारी निकायका प्रतिनिधिलाई सहभागी गराएर अटोमोबाइल तथा मोबिलिटी क्षेत्रका नीतिबारे छलफल गरिने आयोजकले जनाएको छ।

यसपटकको एक्स्पोमा दुईपांग्रे तथा चारपांग्रे सवारीसाधनसँगै व्यावसायिक सवारी, विद्युतीय तथा हाइब्रिड मोबिलिटी समाधान, नयाँ प्रविधि, सेवा र मोबिलिटीसँग सम्बन्धित विभिन्न उत्पादन प्रदर्शनमा राखिनेछन्।

दुईपांग्रे सवारीतर्फ बजाज, होन्डा, टीभीएस, केटीएम, रोयल इन्फिल्ड, एथर, सुजुकी, याडिया, निउ, प्यूजो, बगाउस, अल्ट्राभायोलेट, केरेन, गारो, सीएफ मोटो, ट्रायम्फ, जेएक्स मोटोसीएक्सलगायत ब्रान्ड सहभागी हुने नाइमाले जनाएको छ।

गत वर्षको एक्स्पोको तुलनामा यसपटक सहभागी ब्रान्डको संख्या बढेको र नयाँ मोडल तथा प्रविधिको प्रदर्शनसमेत थप हुने भएकाले मोबिलिटी एक्स्पोलाई नेपाली अटोमोबाइल बजारमा महत्वपूर्ण प्रदर्शनीका रूपमा हेरिएको छ।

आयोजकका अनुसार एक्स्पोले नयाँ सवारीसाधन तथा प्रविधिबारे उपभोक्तालाई प्रत्यक्ष जानकारी दिने मात्र नभई नेपालको मोबिलिटी क्षेत्रको आगामी दिशा, विद्युतीय सवारीको विस्तार, पूर्वाधार र नीतिगत विषयमा समेत बहसको अवसर प्रदान गर्नेछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भृकुटीमण्डपमा नाइमा मोबिलिटी एक्स्पोको तयारी तीव्र, ५५ भन्दा बढी ब्रान्ड सहभागी हुँदै

सिंहदरबारबारे अभिव्यक्तिको आलोचना भएपछि सांसद हरि ढकालको स्पष्टीकरण

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

प्रकाश मावि बेनीलाई बास्केटबलको उपाधि

रातमाटामा रोटरी क्लबद्वारा एक सयभन्दा बढी बिरुवा रोपियो

भारतको आर्थिक वृद्धिको चमकभित्र बेरोजगार युवाको बेचैनी !

कर्णाली प्रदेश रंगशालामा अत्याधुनिक पौडी पोखरी निर्माण सम्पन्न, खेलाडीलाई नियमित प्रशिक्षणमा सहज

सिंहदरबारबारे अभिव्यक्तिको आलोचना भएपछि सांसद हरि ढकालको स्पष्टीकरण

संविधानमा अधिकार, व्यवहारमा अझै विभेद : आदिवासी जनजातिको गुनासो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu